शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘चप्पल चोर्न खोजेको’ विषयमा विवाद हुँदा दाउले गर्धनमा हानेर व्यापारीको हत्या, डेढ घण्टामा आरोपी पक्राउ

आइतबार, ११ साउन २०७७, ०९ : १६
आइतबार, ११ साउन २०७७

काठमाडौं – झापाको मेचिनगर नगरपालिका–२ भृकुटीमा व्यापरी नारायण आचार्यको हत्या भयो । शुक्रवार दिउँसो ४ बजे पसलम बसिरहेको बेला एकजना युवाले दाउले गर्धनमा हानेर उनको हत्या गरे ।

आरोपीलाई हत्या गरेको करिब डेढ घण्टापछि बाहुनडाँगी बजारबाट नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिए । 

उमेर नपुगेको भन्दै प्रहरीले हत्या आरोपीको नाम गोप्य राखेको छ । 
आरोपीले ‘ईगो हट’का कारण व्यापारी हत्या गरेको साविती बयान दिएका छन् । 

चप्पलको विवाद 
हत्या आरोपी किशोरले मजदुरी गरेर १ हजार कमाउँछन् । त्यो पैसा बोकेर उनी नारायण आचार्यको पसल कपडा हेर्न जान्छन् । उनलाई मन परेको कपडा र एकजोर चप्पल छान्छन् । सामानको मुल्य ८ सय ५० भएको नारायणले हिसाब देखाउँछन् ।

किशोरले १ हजारको नोट दिन्छन् । नारायणले पैसा फिर्ता दिन लाग्दा किशोरले पसलमा भएको ‘किट्टो’ लेखिएको चप्पल आफ्नो पाइन्टको गोजीमा हाल्न खोज्छन् । 

किट्टो चप्पल चलाएको देखेपछि साहुजीले ‘किन चोरेको ?’ भन्दै उनलाई हप्काउँछन् । अनि, खरिद गरेको कपडा पनि भोलि लिन आउनु भन्दै पैसा पनि फिर्ता दिँदैनन् । 

भोलिपल्ट कपडा पसलमा जाँदा पसलेले वास्ता नगरेपछि उनी आफ्नो ठुलोवुवाको घरमा गएर दाउ लिएर आउँछन् । अनि हत्या गर्छन् । 

‘कपडा लिन जाँदा वास्ता नगरेर मोवाईल चलाएर बसेपछि ईगो हट भयोे त्यसैले दाउले हिर्कांए’ आरोपीले प्रहरीसँग भनेका छन् । 

पसलेको गर्धनमा चोट लागेको छ । उपचारका लागी बि एण्ड सी अस्पताल लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको थियो । 

‘चेक शर्ट लगाएको केटाले विवाद गरेर हिँडेको’ भन्ने स्थानीयको सुराकको आधारमा प्रहरीले पसले हत्या गरेको डेढ घण्टामा पक्राउ गरेको छ ।

सौतेनी आमासँग हुर्केका किशोर काकडभिट्टामा घुमेर हिँड्थे । किशोरको वुवा पनि गएको माघमा गाई काटेको आरोपमा थुनामा परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप