बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनए जापान कान्तोले नेपाली विद्यार्थी लक्षित अनलाइन सेमिनार गर्ने

आइतबार, ११ साउन २०७७, १६ : ०४
आइतबार, ११ साउन २०७७

टोकियो ।  कोरोना भाइरस (कोभिड–१९) को प्रभाव विश्वभरी नै परिरहेको छ । यतिखेर विश्वको अर्थतन्त्रसँगै  मानिसहरुको दैनिकी नै लथालिङ्ग भएको छ । 

यो विकराल समस्याबाट जापान पनि अछुतो छैन । जसको प्रत्यक्ष प्रभाव जापानको सबै क्षेत्रमा परिरहेको छ । त्यसमा पनि जापानमा अध्ययन गरी भविष्य खोज्दै गरेका विदेशी विद्यार्थीहरु अझ दोहोरो मारमा परिरहेका छन् । 

एकातिर काम गुमेकाले अर्थोपार्जन हुनसकेको छैन भने अर्कोतर्फ पढाई सकेपछि पनि भने जस्तो काम पाउन सकिरहेका छैनन् । र, यहि अवस्था लम्बिए अझै केहि समय कामको राम्रा अवसरहरु प्राप्त गर्न सजिलो भने छैन । 

यसैबीच, जापानलाई आफ्नो उच्चअध्ययन  क्षेत्र बनाएर जापान आएका नेपाली विद्यार्थीहरूको लागि भाषा अध्ययन सकिएपछि उच्च शिक्षाको लागि आउनसक्ने समस्या, लिनुपर्ने  जानकारी र गर्नुपर्ने पूर्वतयारीहरुसँगैआगामी पढाईलाई कसरी फलदायिक बनाउन सकिन्छ भन्ने विभिन्न विषयहरूमा जानकारी गराउने उद्देश्यले एनआरएनए कान्तो क्षेत्रले  'TALK SHOW WITH SENPAI' नामक अनलाइन सेमिनार आयोजना गर्ने भएको छ । 

कोभिड–१९ संक्रमणको यो विषम परिस्थितिमा पढाईमा ध्यान दिनुपर्ने कुराहरु तथा पढाइ सकिएपछि कामकोबारे लिनुपर्ने जानकारीहरुबारे उक्त सेमिनारमा अग्रजहरुको अनुभव र ज्ञानलाई प्रत्यक्ष प्रस्तुत गरिनेछ । 

आयोजक संस्था एनआरएनए जापान कान्तो क्षेत्रका सह–सचिव एवं यस सेमिनार संयोजक नेत्र पाण्डेयका अनुसार जापानमा अध्ययन गरी विभिन्न  पेशा व्यवसायमा आबद्द रही सम्बन्धित क्षेत्रमा आफ्नो पहिचान बनाउ सफल व्यक्तित्वहरुले आफ्नो अनुभव तथा ज्ञानको आधारमा मार्गदर्शन गराउनेछन् । 

सो अनलाइन सेमिनारमा होटल, टुरिजम, खाइगो, बिजनेस, आइटी, इन्जिनियरलगायताका जापानमा अधिक अवसर रहेका सबै विषयहरूमा जानकारी लिन सकिने पाण्डेयले बताए । 

पाण्डेका अनुसार कार्यक्रम, आउँदो अगस्ट महिनाको २३ तथा ३० तारिख साँझ ७ बजेबाट ८ः१५ बजेसम्म आयोजना हुनेछ । अनलाईन भिडियो कनेफ्रेन्समार्फत गरिने उक्त कार्यक्रमलाई जापानका विभिन्न मिडियाहरुबाट पनि प्रत्यक्ष प्रसारण गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप