प्रभु साहले सार्वजनिक गरे वार्षिक प्रतिवेदन
आइतबार, ११ साउन २०७७, १७ : २१
रौतहट । नेकपा प्रदेश २ का अध्यक्ष र रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्रको वार्षिक प्रतिवेदन बुझाएका छन् । आज मौलापुरमा आयोजित एक समारोहका बीच संघीय सांसद साहले २०७६/०७७ को कार्य प्रगति विवरण औंपचारिक रूपमा सार्वजनिक गरेका हुन् ।
कार्य प्रगति विवरण सार्वजनिक गर्ने अवसरमा सम्बन्धित वडाका प्रतिनिधिहरूले योजनाको बारेमा प्रष्ट्याएका थिए । वार्षिक प्रतिवेदनमा सांसद साहको नेतृत्वमा आफ्नो निर्वाचन क्षेत्रसहित जिल्लामा भएका विकास कार्यक्रम र योजनाहरुलाई समेटिएको छ ।
अहिले सार्वजनिक प्रतिवेदनसहित गत आर्थिक वर्षको प्रगति प्रतिवेदन आफ्नो निर्वाचन क्षेत्रका घर घरमा पुर्याउने योजना रहेको साहका स्वकीय सचिव विजय यादवले बताए । साहले रौतटहट क्षेत्र नम्बर ३ बाट निर्वाचन जितेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा सुरु
-
भारतमा लोकसभाको निर्वाचन सुरु
-
नाउपाभित्रको कलहका बिच कैलाश चौधरी कसरी बने भौतिक मन्त्री ?
-
सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भएको छः रामशङ्कर यादव
-
२०२६ सम्म सलमान खानको ग्रह खराब छ : ज्योतिष
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?