शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महेश भट्टले रियालाई दिएका थिए सुशान्तसँग टाढै रहन सुझाव, प्रहरीको २ घण्टाको सोधपुछमा भने यस्तो

मङ्गलबार, १३ साउन २०७७, ०८ : ५१
मङ्गलबार, १३ साउन २०७७

सुशान्त सिंह राजपूतको आत्महत्या मामिलामा सोमबार फिल्म निर्देशक महेश भट्टसँग सांताक्रुज प्रहरी स्टेशनमा दुई घण्टा सोधपुछ भयो । उनी दिउँसो १२ बजे प्रहरी स्टेशन पुगेका थिए र २ बजेसम्म उनीसँग सोधपुछ भयो । यसमा महेश भट्टको नाम त्यतिबेला जोडियो जब उनको क्याम्पमा काम गरिसकेकी लेखिका सुहृता दासले सुशान्तको मृत्यु भएकै दिन महेशले भनेपछि नै रिया सुशान्तसँग टाढा भएको खुलासा गरेकी थिइन् । मिडियामा यो खबर आएपछि प्रहरीमाथि महेश भट्टसँग सोधपुछ गर्न दबाब सुरु भएको थियो ।

सुहृताको पोस्टले फैलाएको थियो सनसनीः

सुहृताले सुशान्तको मृत्यु भएकै दिन यो पोस्ट गरेकी थिइन् । उनले रियाका लागि लेखिएको यो पोस्टमा बताएकी थिइन्, ‘जब पूरा दुनियाँ सुशान्तका लागि समवेदना दिइरहेको छ तब म तिम्रो साथमा उभिएकी छु । मैले तिमीलाई भट्ट साहबसँग काउन्सिलिङका लागि आएको देखेकी छु । तिम्रो संघर्षलाई देखेकी छु । सरले देखेका थिए त्यसकारण उनले भनेका थिए कि कि उनले सुशान्तमा परवीन बाबी देखे । त्यसकारण उनले भनेका थिए – टाढा होऊ नभए तिमी पनि उनीसँगै हराउनेछौ । तिमीले यो सम्बन्धमा सबैकुरा दियौ । तिमीले एक महिला भएको नाताले जे जति गर्न सक्थ्यो, तिमीले त्योभन्दा बढी गर्यौ । ’

सुहृताले पछि यो पोस्ट डिलिट गरिन् ।

४० जनासँग सोधपुछ तर महेश सबैभन्दा उमेरदारः

१४ जूनमा सुशान्तको मृत्यु भएको दिनदेखि २७ जुलाईसम्म करिब ४० व्यक्तिसँग सोधपुछ गरिएको छ जसमा महेश भट्ट सबैभन्दा उमेरदार हुन् । ७१ वर्षका महेश भट्ट आफ्ना एक सहयोगीसँग प्रहरी स्टेशन पुगेका थिए । सिनियर सिटिजन क्याटगोरीमा भएका कारण प्रहरीले उनलाई पहिले नै संक्रमणबाट बच्नका लागि विशेष तयारीसहित आउन भनेको थियो । यसअघि जसलाई बोलाइएको थियो ती सबै ४०–५० को उमेरभन्दा कम थिए ।

भट्टले प्रहरीलाई दिए यस्तो बयानः

महेश भट्टले सोमबार २७ जुलाईमा आफ्नो बयान प्रहरीमा दर्ता गराएका छन् । रिपोर्टका अनुसार उनले सुशान्तलाई कहिले पनि सडक टु मा मुख्य भूमिका अफर गरेका थिएनन् । उनले सुशान्तलाई दुईपटक मात्र भेटेका थिए । एकपटक जब सन् २०१८ मा सुशान्त उनलाई भेटन आएका बेला र अर्कोपटक सन् २०२० को फेब्रुअरीमा सुशान्त बिरामी हुँदा ।

त्यतिबेला उनी सुशान्तलाई हेर्न उनको बान्द्रास्थित घरमा गएका थिए । त्यतिबेला यी दुईबीच सुशान्तको युट्युब च्यानल र भट्टले लेखेको किताब र अन्य साहित्यिक कुराकानी भएको थियो । आफूहरु बीच कहिले पनि व्यावसायिक र फिल्मसँग जोडिएको केही पनि चर्चा भएको थिएन ।

महेशको बयानका अन्य कुराः

– महेश भट्टका अनुसार उनी कहिले पनि सुशान्तलाई लिएर कहिले पनि फिल्म बनाउने तयारीमा थिएनन् । सुशान्तले आफू महेश भट्टसँग काम गर्न इच्छुक भएको र सानोभन्दा सानो भूमिका पाएको खण्डमा पनि आफू गर्न तयार भएको बताएका थिए ।

– अगस्ट सन् २०१८ मा सुशान्तले एउटा ट्वीट गरेका थिए जसमा उनले महेश भट्टको निकै तारिफ गरेका थिए । सन् २०१८ मा महेशले एउटा किताब लेखेका थिए र त्यसबाट सुशान्त निकै प्रभावित भएका थिए र ट्वीटमा उनले भट्टको तारिफ गर्दै उनलाई भेट्ने इच्छा व्यक्त गरेका थिए ।

– जब महेश भट्टलाई सुशान्तको आत्महत्या अघि उनको दिमागी स्थितीबारे आँकलन गरिएको बारे सोधपुछ गरियो तब उनले भने, ‘जब मैले सुशान्तलाई दोस्रो पटक भेटेको थिएँ तब त्यो भेट सुशान्तको घरको टेरेसमा भएको थियो, यसमा सुशान्त–रिया र महेशका केही आफन्त थिए ।’

– महेशले बताएका थिए, ‘मेरो सुशान्तसँग करिब डेढ घण्टा जति कुराकानी भएको थियो । त्यतिबेला मलाई सुशान्तको दिमागी अवस्था ‘कन्फ्युज्ड’ जस्तो लागेको थियो, जुन आफैंले अल्झिएको थियो र मैले सुशान्तलाई सम्हाल्न भनेको थिएँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप