शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुगलले भन्यो, ‘अर्को वर्ष जूनसम्म घरमै बसेर काम गर्नेछन् हाम्रा कर्मचारी’

मङ्गलबार, १३ साउन २०७७, ०९ : १२
मङ्गलबार, १३ साउन २०७७

गुगलले आफ्ना कर्मचारी अर्को वर्षको जूनसम्म घरमा नै बसेर काम गर्ने जानकारी दिएको छ । यसअघि कम्पनीले आफ्ना कर्मचारी यस वर्षको अन्त्यसम्म कार्यालय फर्कने बताएको थियो  ।

तर अब कम्पनीका प्रमुख सुन्दर पिचाईले एक इमेलमा उनका यस्ता कर्मचारी जो अफिस आउन आवश्यक छैन, उनीहरु अर्को वर्षको मध्यसम्म घरमा नै बसेर काम गर्नसक्ने बताएका छन् ।

संसारभरी गुगलका २ हजार कर्मचारी छन् । गुगलले मे मा आफूले जूनसम्म विभिन्न स्थानका आफ्ना कार्यालय पुनः खोल्न सुरु गर्ने बताएको थियो ।

यसका साथै गुगलले कम्पनीका धेरैजसो कर्मचारी यो वर्षको अन्त्यसम्म घरमा नै बसेर काम गर्ने सम्भावना रहेको बताएको थियो ।

स्रोतः बीबीसी  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप