बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

स्याकरीन : चिनीभन्दा ३७५ गुना गुलियो पदार्थ !

बुधबार, १४ साउन २०७७, ०८ : १४
बुधबार, १४ साउन २०७७

एकछिनको लागि मानिलिऊँ तपाईलाई डाइबिटिज भएको छ । डायबिटिज भएको मान्छेले चिनी अर्थात गुलियो खानै हुँदैन । तर तपाई भने गुलियो नखाई सक्नै हुनुहुन्न । अब परेन आपत ? त्यस अवस्थामा के गर्ने ?

गुलियोको भागीहरुलाई डायबिटिज भयो भने आम रुपमा नै यो समस्या उठिहाल्छ ।

 तर आत्तिनु पर्दैन । त्यसको विकल्प पनि छ । डायबिटिजका रोगीहरुले चिनी खान नपाए पनि त्यो भन्दा पनि कैयौ गुना बेसी गुलियो पदार्थ स्याकरीन (Saccharin)  भने निर्धक्क खान सक्छन् । र, उनीहरुले त्यो स्याकरीन खाएर आफ्नो गुलियो खाने तलतललाई मेटाउन सक्छन् ।

आखिर चिनीभन्दा पनि गुलियो यो स्याकरीन भनेको के हो त ? यस्तो अति नै गुलियो पदार्थ कसरी पत्ता लाग्यो होला त ? आउनुहोस् यसबारे जानकारी लिऔं ।

स्याकरीन भनेकै के हो ?

https://www.chemistryviews.org

स्याकरीन चिनी जस्तो सेतो, पारदर्शी दानादार सिन्थेटिक पदार्थ हो । यसको अणुसुत्र C6H4CONHSO2 हुन्छ । यो उखुभन्दा ५५० गुना बेसी र सुद्ध चिनीभन्दा ३७५ गुना बेसी गुलियो हुन्छ । यो कोलतारमा हुने टोल्युएन (Toluene)  नाम गरेका रङ्गहीन हाइड्राकार्बनबाट बनेको हुन्छ ।

कसरी भयो स्याकरीनको आविष्कार ?

स्याकरीनको आविष्कार कुनै खास अनुसन्धानबाट भएको थिएन ।  यो त संयोगवश, अझ भनौं, दुर्घटनावश भएको थियो ।

https://en.wikipedia.org

एक पटक कन्स्टान्सिन फाल्वर्ग (Constantin Fahlberg) नाम गरेका अमेरिकन रसायनविद आफ्नो प्रयोगशालामा कोलतारमा गन्धकको प्रयोग गरेर कुनै कुराको अनुसन्धान गरिरहेका थिए । कामकै वीचमा अकस्मात फाल्वर्गको हातले आफ्नो ओठ छुन पुग्यो । फाल्वर्ग अत्यन्तै आश्चर्यचकित बन्न पुगे । किनभने, उनले आफ्नो हातमा अति नै गुलियो स्वाद भएको महसुस गरे ।

तत्कालै फाल्वर्गले त्यस रहस्यको बुझिहाल्न सकेनन् । फलतः उनी आफ्नो प्रयोगमा नै  व्यस्त रहे । तर पछि घरमा गएर हात धोएर खाना खादा पनि उनले आफ्नो हातमा गुलियो स्वाद नै रहको पाए । त्यसले उनलाई झनै आश्चर्यचकित तुल्यायो ।

उनी भोलिपल्ट प्रयोगशालामा पुगेर आफूहरुले अघिल्लो दिन प्रयोग गरेको कोल्तार गन्धकको अवशेषलाई चाखे । त्यो अवशेषको स्वाद पनि अति नै गुलियो थियो ।

वासतवमा गन्धक र कोल्तारबीचको रासायनिक प्रतिक्रियाबाट त्यहाँ एउटा नयाँ पदार्थको निर्माण भएको थियो । त्यसरी अन्जानमै तयार भएको त्यो नयाँ पदार्थ नै स्याकरीन थियो ।

स्याकरीनलाई हाम्रो शरीरले पचाउन सक्दैन । त्यसैले यसको कुनै खाद्य–महत्व (Food Value) हुँदैन । तर पनि यसको गुलियो स्वादको कारण अजभोलि स्याकरीन गुलियोका भोगी मधुमेहका रोगीहरुका लागि बरदान र चिनीको विकल्प बन्न पुगेको छ । मधुमेहको रोगीबाहेक, यसको प्रयोग शरीरको तौल घटाउन चिनी नखानेहरुले समेत गर्ने गर्छन् । त्यसबाहेक, आइसक्रिम लगायतका चिनी प्रयोग हुने व्यवसायिक उत्पादनहरुमा समेत स्याकरीनको प्रयोग व्यापक मात्रामा हुने गर्छ ।

केही प्रयोगहरुले के देखाएकाे छ भने, स्याकरीनको  प्रयोगले हाम्रो भोकलाई जगाउँछ  र शरीरमा इन्सुलिनको उत्पादलाई समेत बढाउँछ । हेक्कायोग्य कुरा के छ भने, डायबिटिजका रोगीहरुका लागि शरीरमा इन्सुलिनको उत्पादन बढ्नु भनेको राम्रो कुरा हो ।

त्यसो त स्याकरीनले क्यान्सर हुन सक्ने आशंकामा लामो समयदेखि यसबारे अनुसन्धान हुँदै आएक छन् । यसै सिलसिलामा क्यानडाले त १९७७ मा यसको प्रयोगमाथि प्रतिबन्ध नै लगाएको थियो । तर क्यानडाको छिमेकी देश अमेरिकामा भने, जनदवावको कारण राज्यले स्याकरीनमाथि प्रतिबन्ध लगाउन सकेन । तर,स्याकरीन तथा त्यो प्रयोग खाद्य पदार्थहरुमा चुरोटहरुमा खरावी गर्ने आशयको सन्देश दिइएजस्तै स्याकरीनले स्वास्थ्यलाई नोक्सानी पुर्‍याउन सक्ने आशयको ‘चेतावनी सन्देश’ चाहिँ अनिवार्य रुपमा दिनुपर्ने व्यवस्था गरियो । तर पछिल्लो चरणमा भएका अनुसन्धानहरुले के देखाएका छन् भने, स्याकरीनले जीवहरुमा क्यान्सर गराउने सम्भावना अति कम देखिएको छ । सामान्य प्रयोगको आधारमा त्यसले मान्छेलाई क्यान्सर नै हुने हदको सम्भावना चाहिँ छैन । 

Title Photo: https://cdn-a.william-reed.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप