शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युरोपको सर्वाधिक गोलकर्ता बन्ने रोनाल्डोको सपनामा धक्का

बिहीबार, १५ साउन २०७७, ०९ : २५
बिहीबार, १५ साउन २०७७

युरोपको सर्वाधिक गोलकर्ता बन्ने क्रिस्टियानो रोनाल्डोको सपनामा ठूलो धक्का लागेको छ । रोनाल्डोले गोल गर्न नसक्दा हालै मात्र इटालियन लिग च्याम्पियन बनेको युभेन्टस काग्लियारीसँग २–० गोलअन्तरले पराजित बनेको हो ।

हालसम्म ३१ गोल गरेका रोनाल्डोले बुधबार राति भएको खेलमा भने कुनै पनि गोल गर्न सकेनन् । उता, लुका गान्जिलानो र जियोभानी सिमिओनीको गोलको मद्दतले काग्लियारीे विजयी बन्यो ।

युरोपियन गोल्डन बुटको दौडमा रोनाल्डो लाजियोका स्ट्राइकल सिरो इमोबाइलभन्दा चार गोलले पछि रहेका छन् । उनले ३५ औँ गोल गर्दा लाजियो ब्रेसियालाई २–० ले हरायो ।

सिरिए ए मा एक खेल बाँकी रहँदा यो सिजन इमोबाइलले नै गोल्डन बुट जित्ने लगभग पाक्कापक्की बनेको छ । उनले यो सिजन ३४ गोल गरेका बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई पनि उछिनिसकेका छन् ।

उनी सिरिए ए को एक सिजनमा गरिएको सर्वाधिक ३६ गोलको कीर्तिमान बराबरी गर्नबाट एक गोल टाढा रहेका छन् । यसअघि नापोलीका लागि गोन्जालो हिग्वाइनले सन् २०१५–१६ सिजनमा ३६ गोल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप