शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडका यी स्टारका पहिलो पारिश्रमिक यति थोरै !

बिहीबार, १५ साउन २०७७, ११ : ३३
बिहीबार, १५ साउन २०७७

एजेन्सी – बलिउडका सेलिब्रेटीहरुको कमाई, सम्पत्ति र तलब सुन्दा जो कोहिलाई पनि अचम्म लाग्छ । धनि व्यक्तिहरुको सूचीमा सूचीकृत हुने बलिउडका केही सेलिब्रेटीहरुले सुरुवातीका दिनहरुमा निकै मेहेनत गरेका थिए । उनीहरुले सुरुमा गरेका कामको तलब पनि निकै कम लिएका थिए । 

शाहरुख खान
बलिउडका बादशाह शाहरुख आजभोलि एउटा फिल्म खेल्नको लागि निकै मोटो रकम लिने गरेका छन् । तर, उनले सुरुमा लिएको तलबको बारेमा सुन्दा अचम्म लाग्न सक्छ । उनले पहिलोपटक गायक पंकज उदासको कन्सर्टमा काम गरेबापत ५० रुपियाँ लिएका थिए । उक्त पैसाले शाहरुखले ट्रेनको टिकट खरिद गरे र ताजमहल हेर्न आगरा पुगे । 

प्रियंका चोपडा
बलिउडकी ‘देसी गर्ल’ प्रियंका चोपडाले बलिउडमा मात्र होइन हलिउडमा पनि निकै राम्रो नाम कमाएकी छिन् । उनी आजभोलि एउटा प्रोटेक्टको लागि करोडौं लिने गर्छिन् । तर उनको पहिलो तलब ५,००० रुपियाँ थियो । यो पहिलो कमाई उनले उनकी आमालाई दिएकी थिइन् । उनकी आमाले अझै पनि उक्त पैसाको चेक जतनले राखेकी छिन् । 

अमिताभ बच्चन
बलिउडका महानायक अमिताभ बच्चनसँग आज जति सम्पत्ति छ त्यति उनले सुरुका दिनहरुमा कल्पना पनि गरेका थिएनन् होला । उनी कुनै समय फिल्म पाउनको लागि संघर्षरत थिए । उनले हिरो बन्नको लागि एक शिपिङ फर्ममा काम गर्थे जहाँ उनको तलब ५०० थियो । 

आमिर खान 
बलिउडका ‘मिस्टर परफेक्शनिष्ट’ आमिर खान हिन्दी सिनेमाका सबैभन्दा महङ्गा स्टार मध्येका एक हुन् । उनले आफ्नो करियरको सुरुवातमा असिस्टेन्ट डाइरेक्टरका काम गरेका थिए । जसबापत उनले एक हजार तलब पाएका थिए । उनले पहिलो तलब आफ्नी आमालाई दिएका थिए । 

अक्षय कुमार 
बलिउडका ‘खेलाडी’ नामले परिचित अक्षय बलिउडमा अझै पनि उत्तिकै व्यस्त र धेरै कमाई गर्ने अभिनेतामा पर्छन् । तर, फिल्ममा आउनुअघि उनले अक्की बैङ्ककको एक रेष्टुरेन्टमा शेफको काम गर्ने गर्थे । जहाँ उनले हरेक महिना १५०० तलब दिइन्थ्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप