प्रिति आलेको स्वरमा ‘डिस्टर्व नगर’ सार्वजनिक
काठमाडौँ । गायिका प्रिति आलेको स्वर रहेको ‘हामी नाच्ने हो गाउने हो डिस्टर्व नगर’ बोलको तिज गीत बिहीबार सार्वजनिक भएको छ ।
राजबहादुर सानेको शब्द–संगीत र लय रहेको गीतको भिडियोलाई कृष्ण परियारले निर्देशन गरेका छन् । गीतमा कोरियोग्राफी बाबु जिम्बाको छ ।
किम्भे प्रडक्सन युट्युब च्यानलमार्फत सार्वजनिक भएको भिडियोमा गायिका प्रिति आलेसँगै रिया श्रेष्ठ, कसिस दाहाल, सबिता आले, विमला गुरुङ, ज्याक गुरुङ, शिशिर राणा, दीपकजंग शाहीलगायतको अभिनय छ ।
यस भिडियोलाई युयुस ढकालले छायांकन गरेका छन् । भिडियोको सह–निर्माता प्रकाश हमाल, निर्माता सौर्यल थापा र निर्माण किम्भे प्रोडक्सनले गरेको हो ।
नेपालीहरुको मौलिक र महान् चाड तिजकै अस्तित्व धरापमा पर्नेगरी छाडा संस्कृति मौलाइरहेका बेला यस गीत र भिडियो नेपाली परम्परालाई प्रवद्र्धन गर्नेगरी छायाँकन गरिएको निर्माण पक्षले जनाएको छ ।
यसको सुटिङ पर्यटकीय नगरी सालिनदीमा गरिएको छ । गीतले दर्शलाई भरपुर मनोरञ्जन र मौलिकता जर्गेना गर्न सन्देश समेत दिने निर्माण पक्षले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय