बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पेरुमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४ लाख नाघ्यो

बिहीबार, १५ साउन २०७७, १९ : ५०
बिहीबार, १५ साउन २०७७

एजेन्सी । पेरुमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार लाख नाघेको बुधबार जनाइएको छ । पेरुमा गत छ हप्ता भन्दा बढी समयदेखि नै कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ । पेरुमा राष्ट्रव्यापी रूपमा कोरोना भाइरस सङ्क्रमणको कारण १९ हजार व्यक्तिको मृत्यु भइसकेको छ । ल्याटिन अमेरिकी देश ब्राजिल र मेक्सिकोपछि कोभिड १९ को सङ्क्रमितको संख्या पेरुमा बढी रहेको छ  । 

गत २४ घण्टामा पेरुमा कोरोना भाइरस सङ्क्रमणको कारण २०४ व्यक्तिको मृत्यु भएको र पाँच हजार ६७८ व्यक्तिको थप सङ्क्रमित भएका छन् । यो संख्या गत जुन १२ पछिको सवभन्दा बढी भएको समाचारमा जनाइएको छ । 

पेरुले राजधानी  लिमालगायत देशका कैयौ क्षेत्रहरूमा गत  जुलाई १ देखि राष्ट्रव्यापी लकडाउन हटाइएको थियो । –एएफपी/Photo:BBC
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप