शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणका कारण पर्सामा थप २ जनाको मृत्यु

बिहीबार, १५ साउन २०७७, २३ : ५९
बिहीबार, १५ साउन २०७७

पर्सा । कोरोना संक्रमणका कारण पर्सामा बिहीबार थप २ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका  ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैयाका ७० वर्षीय बृद्धको बिहिबार मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए ।

नगवाका ३५ वर्षीय युवकको गण्डकस्थित कोभिड अस्पतालको आइशोलेशनमा उपचारका क्रममा बिहीबार बेलुकी ८ बजे मृत्यु भएको मेसु उपाध्यायले जानकारी दिए । ज्वरो आएपछि साउन ५ गते उनलाइ तराई हस्पिटलमा भर्ना गरिएको थियो ।

तराई हस्पिटलमा उपचारका क्रममा उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि कोरोनाको आशंकामा उनलाई साउन १३ गते कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो । साउन १३ गते नै कोभिड अस्पतालमा उपचारका क्रममा उनको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।  

युवकको मृत्यु बिहीबार बेलुकी ८ बजे भएको भएपनि नारायणी अस्पतालको प्रयोगशालाबाट राति १० मात्रै युवकको पोजेटिभ रिपोर्ट आएको नारायणी अस्पतालका मेसु डा. उपाध्यायले जानकारी दिए । यस्तै बिहीबार बिहान वीरगन्ज २ छपकैयास्थित आफनै घरमा मृत्यु भएका ७० वर्षीय बृद्धमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिए ।

नारायणी अस्पतालको प्रयोगशालाबाट बिहीबार राति १० बजेतिर प्राप्त रिपोर्टमा मृतकको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको उपाध्यायले पुष्टि गरेका हुन् । छपकैयास्थित घरमा एक्लै बस्दै आएका ती बृद्ध बिहीबार बिहान आफनै घरभित्र मृत अवस्थामा भेटिएका थिए ।

राती सुतेका बृद्ध बिहीबार बिहान नउठेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय विर्ताबाट गएको प्रहरी टोलीले घरको ढोका तोडेर भित्र पस्दा बृद्ध कोठामा मृत अवस्थामा भेटिएका थिए । त्यसपछि बृद्धको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप