बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमान : आज यी स्थानमा भारी वर्षाको सम्भावना

आइतबार, १८ साउन २०७७, ०८ : ०१
आइतबार, १८ साउन २०७७

जल तथा मौसम विज्ञान विभागले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । 

आइतबारको मौसम पूर्वानुमान जारी गर्दै मौसम विज्ञान विभागले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानहरु बर्षा भइरहेको जानकारी दिएको छ । 

आइतबार दिउँसो दशैभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख छ ।

साथै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका र एक/दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै राति, देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

साथै प्रदेश १ र गण्डकी प्रदेश एक(दुई  स्थानमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप