बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शनिको सौन्दर्य

आइतबार, १८ साउन २०७७, ०८ : ४२
आइतबार, १८ साउन २०७७

हिन्दू धार्मिक आस्थामा शनि कोपको देउता हो । यो देउताको कोप परेपछि मानिसलाई दशा लाग्छ । रोमन मिथकमा चाहिँ शनि धनसम्पत्ति र कृषिको देउता मानिन्छ ।

विश्वास आस्थाहरुले शनिलाई देउता मानेपनि विज्ञानको आँखामा शनि हाम्रो सौर्यमण्डलको एउटा ग्रह मात्रै हो । सौर्यमण्डलका आठ ग्रहहरुमध्ये रिंगभएको एउटा अद्भूत र सुन्दर ग्रहको नाम हो  शनि ।

प्रस्तुत तस्विर हब्बल टेलिस्कोपले हालसालै खिचेको शनि ग्रहको तस्बिर हो । पृथ्वीको सतहबाट ५४७ किलोमटिर माथि घुमिरहेको हब्बल टेलिस्कोपले खिचेको यो तस्बिरमा शनिको अति सुन्दर र विस्तृत तस्विर देखिन्छ ।

शनि हाम्रो सौर्यमण्डलको छैठौं ग्रह हो भने यो बृहस्पतिपछिको सबैभन्दा ठूलो ग्रह हो । ग्याँसको विशाल गोलाको रुपमा रहेको यो ग्रह पृथ्वीबाट १ अरब तीस करोड किलोमिटर टाढा छ भने माउ ग्रह सूर्यबाट १ अरब ४९ करोड ४६ लाख किलोमिटर टाढा ।

शनि ग्रहको ८२ वटा उपग्रहहरु रहेको मानिन्छ । तीमध्ये ५३ वटा उपग्रहहरुको त पहिचान र नामाकारण नै भइसकेको छ । बाँकी २९ वटा उपग्रहहरुको चाहिँ पहिचान र नामाकारण हुन बाँकी नै छ । शनिका उपग्रहहरुमा बुधभन्दा ठूलो टाइटनदेखि एउटा फूटबल मैदान जत्रा उपग्रहहरु पनि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप