बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘बोकी सधैँ दुनियाँमा’मा कोमल वलीको मोडलिङ

आइतबार, १८ साउन २०७७, ११ : ४४
आइतबार, १८ साउन २०७७

काठमाडौं । गायिका तथा सांसद कोमल वली बेलाबेलामा म्युजिक भिडियोमा समेत देखिने गरेकी छन् । यस्तैमा उनी अभिनित चेतनामुलक गीत ‘बोकी सधैँ दुनियाँमा’ सार्वजानिक भएको छ । 
गीतको भिडियोमा कोमलसँगै अधिवक्ता राजेन्द्र शर्मा, गीतकार देवदत्त भट्ट, गायिकाद्धय सोमा खत्री र सविना श्रेष्ठलाई समेत देख्न सकिन्छ । 

गायिका सबिना श्रेष्ठ, सोमा खत्री तथा गायक सप्रेम सागरको स्वर रहेको गीत नारीहरुलाई चेतना फैलाउने उद्देश्यले बनाइएको हो । गीतले समाजमा घटिरहेका विभिन्न घट्नाहरुलाई उजागर गर्दै त्यसको विरुद्ध आवाज उठाउन आव्हान गरेको छ ।
देवदत्त भट्टको शब्द, सप्रेम सागरको संगीत रहेको गीतको भिडियो दिनेश अधिकारीले निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप