शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धेरै केरा खाँदा हुनसक्छ यी ५ बेफाइदा

आइतबार, १८ साउन २०७७, १२ : २३
आइतबार, १८ साउन २०७७

एजेन्सी – चर्चित भनाई छ, जुनकुनै चिजमा एउटा न एउटा बेफाइदा हुन्छ । यस्तै केरा पनि एक फल हो जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर, केरा धेरै खाँदा यसले शरीरलाई नोक्सान पनि पुर्याउँछ । बच्चाहरुका लागि सबैभन्दा राम्रो डायटको रुपमा केरा सामेल गरिन्छ । हरेक दिन १ वा २ केरा दिन सकिन्छ । यसका साथै, धेरै परिश्रम गर्ने एक व्यक्तिले दिनमा ३ देखि ४ वटा केरा खान सक्छ । तर, आवश्यकताभन्दा बढी केरा खाँदा के के बेफाइदा छन् त ? 

१. कब्जियत 
केरा खाँदा पेट राम्रोसँग सफा हुन्छ । तर केरा थोरै मात्रै काँचो भएमा त्यसले कब्जियत  गराउन सक्छ । पखाला लाग्दा चिकित्सकहरुले केरा खाने सल्लाह दिन्छन् । यसको मतलब केराले दिशा साह्रो बनाउने काम गर्छ । त्यसैले काँचो केरा नखाने र पाकेको पनि धेरै मात्रामा खान हुँदैन ।

२.मोटोपना
केरामा फाइबरको साथसाथै प्राकृतिक रुपमा चिनिको मात्रा पनि हुन्छ । त्यसैले केरा र दूध खाँदा तौल बढ्छ । त्यसैले अधिक मात्रामा केरा खाएमा यसले शरीरमा अनावश्यक तौल बढाउने काम गर्छ ।

३. एसिडिटी 
खाली पेटमा केरा खाएमा पेटमा दुखाई सुरु हुन्छ । केरामा स्टार्च भन्ने पदार्थ पाइन्छ । जसलाई पचाउँन लामो समय लाग्छ । त्यसैले धेरै केरा खाएमा पेट दुख्ने र केरा राम्रोसँग नपाकेको भएमा बान्ता पनि हुनसक्छ । 

४. मधुमेह
मधुमेह भएका बिरामीहरुले केरा धेरै सेवन गर्नुहुँदैन । प्राकृतिक रुपमा नै चिनिको मात्रा पाइने हुनाले यसले शरीरमा चिनिको मात्रा बढाउँछ र टाउको दुख्ने वा निन्द्रा नलाग्ने समस्या आउन सक्छ । 

५.दम
चिनि र स्टार्चको मात्रा बढी हुने भएकाले केराले दाँतमा दुर्गन्ध पैदा गर्छ । 
यस्तै, केरामा एमिनो एसिड टाइरोसिन पाइन्छ जुन शरीरभित्र पुगेर टायरामाइनमा परिवर्तन हुन्छ । टायरामाइनले  माइग्रेनलाई बढाउँछ । 
जो मानिसलाई दमको समस्या छ, ति व्यक्तिहरुले केरा खान हुँदैन । यसले सुन्निने र एलर्जी हुने समस्या पैदा गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप