शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकद्वारा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानलाई स्वास्थ्य उपकरण सहयोग

आइतबार, १८ साउन २०७७, १९ : ३७
आइतबार, १८ साउन २०७७

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानलाई स्वस्थ्य उपकरण सहयोग गरेको छ ।

बैंकले संस्थानको अम्बिका शाह आंखा अस्पताल तथा रिसर्च सेन्टरलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अटोफ्रर्याक्टोमिटर (AutoRefractometer) र केराटोमिटर (Keratometer) नामक उपकरण हस्तान्तरण गरेको छ । दृष्टीदोष पत्ता लगाई सकेपछि प्रयोग हुने चस्माको पावर जाँंचका लागि उक्त मेसिन प्रयोग गरिने अस्पतालले जनाएको छ । 

१० लाख १५ हजार मुल्य बरावरको रहेको उक्त उपकरण अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणालाई बैंकका प्रदेश नं ५ प्रमुख बिष्णु प्रसाद ज्ञवालीले हस्तान्तरण गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप