केन्द्रीय संस्करण

सुदूरपश्चिममा थप ४६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

person explore access_timeसाउन १९, २०७७ chat_bubble_outline0

कैलाली । सुदूरपश्चिम प्रदेशमा आइतबार गरिएको कोरोना परीक्षणमा थप ४६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ११ महिला र ३५ पुरुषमा संक्रमण पुष्टि भएका हो ।

यसमध्ये कैलालीका २० पुरुष र ५ महिला, कञ्चनपुरका ७ पुरुष र १ महिला, बझाङ्गका १ पुरुष, डोटीका ७ पुरुष र ५ महिलामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ  । योसँगै सक्रिय संक्रमितको संख्या १ हजार ३३६ पुगेको छ । यसअघि नै  ३ हजार २४८ जना निको भएर घर गइसकेका छन् भने ९ जना संक्रमितको मृत्यु भइसकेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

प्रदेशमा हालसम्म ३६ हजार ३४९ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र ३१ हजार ७५६ मा नेगेटिभ आएको उनले बताए ।  १ हजार ३६५ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २४ हजार ६७७ जनामा परीक्षण गरिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका ६९५, बैतडीका ३१९, बझाङ्गका २६८, बाजुरा ४४९, डडेल्धुराका ३०१, दार्चुलाका ३८, डोटीका ७३० , कैलालीका १२२७ र कञ्चनपुरका ५६६ गरी ४ हजार ५९३ रहेका छन् । जस्मा महिला १ हजार १०० र पुरुष ३ हजार ४९३ रहेका छन् ।

क्वारेन्टिनमा १ हजार ५५९ पुरुष र ५ सय ४९ महिला रहेका छन् । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १८ र संक्रमित ५६ गरी ७४ जनाको उपचार भइरहेको छ । ८५९ जना भने सामान्य उपचारपछि घर गईसकेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.