शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको अक्सफोर्ड भ्याक्सिनको दोस्रो र तेस्रो ह्यूमन ट्रायललाई भारतमा मञ्जुरी

सोमबार, १९ साउन २०७७, ०९ : ५७
सोमबार, १९ साउन २०७७

ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले कोभिड–१९ का लागि अक्सफोर्ड युनिभर्सिटीले बनाएको भ्याक्सिनको दोस्रो र तेस्रो ह्यूमन क्लिनिकल ट्रायललाई मञ्जुरी दिएको छ । ट्रायलको मञ्जुरी सिरम इन्स्टिच्यूट अफ इन्डियालाई दिइएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार एक अधिकारीले गहन मूल्यांकनपछि डिसिजीआईले सब्जेक्ट एक्सपर्ट कमिटीको सिफारिशको आधारमा कोरोना भ्याक्सिनको दोस्रो र तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न मञ्जुरी दिएको छ ।

अधिकारीका अनुसार अक्सफोर्ड युनिभर्सिटीको ट्रायलको आँकडा हेर्दा समितिले यसलाई मञ्जुरी दिन सिफारिस गर्यो । उनीहरुले अध्ययन अनुसार प्रत्येक बिरामीलाई चार हप्ताभित्र दुई खुराक (पहिलो खुराक १ दिनमा र अर्को खुराक २९ दिनमा) दिइनेछ र त्यसपछि सुरक्षा र प्रतिरोधी क्षमताको मूल्यांकन गरिने बताएका छन् ।

सिरम इन्स्टिच्यूट अफ इन्डियाले देशमा अक्सफोर्डको कोरोना भ्याक्सिन बनाउनका लागि एस्ट्राजेनेकासँग पार्टनरशीप छ जसलाई कोविशिल्ड नाम दिइएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप