शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डसँगको छलफललगत्तै बालकोट पुगे ओली

सोमबार, १९ साउन २०७७, १२ : ११
सोमबार, १९ साउन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोट गएका छन् । बिहान बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता सकेर ओली बालकोटस्थित निजी निवास पुगेका हुन् । 

ओली किन निजी निवास गएका हुन् भन्नेबारे केही खुलेको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रम आफ्नो घर नगएको धेरै समय भएकाले आज गएको बताए । 

‘उहाँ आफ्नो घर नगएको धेरै समय भएको थियो त्यही भएर जानुभएको हो’, थापाले रातोपाटीसँग भने, ‘आफ्नो घरमा जान पनि कारण चाहिन्छ र ?’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप