कोरोनाका कारण युएईमा ३२ नेपालीको ज्यान गयो
युएई-संयुक्त अरब एमिरेट्स (युएई) मा गत चार महिना भित्र विभिन्न कारणले १ सय १ जना नेपालीको ज्यान गएको छ।
गएको चार महिनामा विभिन्न कारणले १ सय १ जना नेपालीको ज्यान गएको युएई स्थित नेपाली दूतावासले जनाएको हो। त्यसमध्ये ३२ जनाको कोरोनाका कारणले मृत्य भएको छ। कोरोनाका कारण मृत्यु हुने मध्ये १ महिला र बाँकी पुरुष रहेका छन् ।
कोरोनाको कारण मृत्यु भएका ३२ जना सहित ६१ जनाको शव यूएईमै अन्त्येष्टि गरिएको नेपाली दूतावास आबुधावीले जनाएको छ। शवको अन्त्येष्टि गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको थियो।बाँकी ४० जनामध्ये १६ जनाको शव चार्टर उडान मार्फत नेपाल पठाइएको छ ।१६ जनाको शव नेपाल फर्काउने तयारीमा रहेको छ,भने ८ जनाको शव अनुसन्धानका लागि विभिन्न अस्पतालको शवगृहमा राखिएको दूतावासले जनाएको छ।
उडान नहुँदा युएईमा ज्यान गुमाउनेको शव नेपाल पठाउन सकिएको थिएन। शव नेपाल पठाउन नसकेपछि स्थानीय प्रशासनले पटक पटक कुटनैतिक माध्यममार्फत शव व्यवस्थापनमा सहयोग गर्न दूतावासलाई अनुरोध गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै