शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जीवनभर स्वस्थ्य रहनका लागि ५ उपाय

सोमबार, १९ साउन २०७७, १२ : ३९
सोमबार, १९ साउन २०७७

एजेन्सी – स्वस्थ रहनका लागि स्वस्थकर खाना खानु आवश्यक हुन्छ । त्यसैले बालापनदेखि नै राम्रो र स्वस्थकर खाना खाने सल्लाह दिइन्छ । पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण स्वस्थ्यकर खाना खानु कति जरुरी छ भन्ने कुरालाई झनै उजागर भएको छ । कोरोना भाइरसको अहिलेसम्म कुनै खोप पत्ता नलागेका कारण शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्नुपर्ने र कोरोनासँग लड्नुपर्ने स्वास्थ्य चिकित्सकहरुले सल्लाह दिएका छन् । तर, शरीरिक र मानसिक रुपमा नै स्वस्थ हुन कस्तो खाना खाने त ? 

गहुँ, उमारेको गेडागुडी, बियाँ भएको खानेकुरा
खाना बनाउनको लागि जति धेरै मेशिन, ताप र पानीको प्रयोग हुन्छ त्यति नै खानामा भएको पोषक तत्व नष्ट हुन्छ । त्यसैले बजारमा पाइने सबै खानेकुरामा पोषक तत्व नष्ट भइसकेको हुनसक्छ । त्यसैले, स्वस्थ रहनको लागि घरमै भिजाएर उमारेको गेडागुडी, गहुँको परिकार, चोकर, बिज भएको खानेकुरा धेरै खानुपर्छ । किनकी यसमा फाइबरको मात्रा धेरै हुने भएकाले पेटलाई सधैँ स्वस्थ रहन, कोलेस्ट्रोल कम गराउन र शरीरमा अनावश्यक बोसो उत्पादन हुनबाट बचाउँछ । 

रंगीन फलफूल र सागसब्जी
फलफूल र सागसब्जीमा हुने अलग–अलग रङले अलग–अलग पोषक तत्व पाइने कुरा दर्शाउँछ । जुन फलफूलको रङ गाढा हुन्छ त्यसमा एन्टिअक्सिडेन्ट्स र पोषक तत्वको मात्रा पनि बढी हुन्छ । त्यसले हरेक दिन खानामा ३ प्रकारका फलफूल र सागसब्जी सामेल गर्नुपर्छ । यसले तपाईंको शरीरमा लाग्न सक्ने सयौँ रोगहरुबाट बचाउँछ । 

पर्याप्त पानी 
पानी शरीरको लागि अत्यावश्यक पदार्थ हो । पानीले शरीरका सम्पूर्ण अंगहरुलाई सफा राख्न (डिटोक्सिफिकेशन) गर्न मद्दत गर्छ । पर्याप्त मात्रामा पानी पिउँदा छालामा चमक बढ्ने, शरीरमा मेटाबोलिज्म तीव्र हुने, शरीरमा शक्ति कायम रहन मद्दत गर्छ । त्यसैले हरेक दिन ३ लिटर पानी पिउन आवश्यक छ । 

चिनी कम खाने
चिनीमा मात्रै चिनी बढी हुन्छ भन्ने होइन । जुनसुकै गुलियो पदार्थमा पनि चिनीमो मात्रा हुने गर्छ । जुनसुकै बनाइएको खानामा चिनीको मात्रा अत्यधिक हुन्छ । प्याकिङमा हुने खानेकुराहरु चिनिको मात्रा बढी हुने भएकाले यसको सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । 

व्यायाम 
शरीरमा तन्दुरुस्त राख्नको लागि नियमित व्यायामको आवश्यकता पर्छ । जीवनशैलीमा परिवर्तन ल्याउने र हरेक दिन शरीरलाई आवश्यक पर्ने कसरत गर्नुपर्छ । दैनिक परिश्रम गर्नुपर्ने कामकाज गर्ने व्यक्तिहरु बाहेक अरुका लागि हरेक दिन ३० देखि ४० मिनेट व्यायामको आवश्यकता पर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप