दाङमा करेन्ट लागेर २ जनाको मृत्यु
सोमबार, १९ साउन २०७७, १३ : ५४
बुटवल । दाङमा करेन्ट लागेर सोमबार बिहान दुई जनाको मृत्यु भएको छ । मृतक दाजुभाइ हुन् ।
जिल्ला प्रहरी कार्यालय दाडका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नौक निवासी १० वर्षीय तेजबहादुर रावत र १४ वर्षीय वीरबहादुर रावतको करेन्ट लागेर मृत्यु भएको छ । सोहि घटनामा ३७ वर्षीय दिलबहादुर रावत पनि घाइते भएका छन् ।
उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। बारीमा जंगली बँदेल आएर मकै आएपछि मार्नको जोडिएको करेन्टमा परी दुई जनाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै