नासाका अन्तरिक्ष यात्रीहरु सकुशल पृथ्वीमा अवतरण, ट्रम्पले दिए बधाई

वासिङ्टन । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ । अमेरिकाले झण्डै दुई दशकपछि पहिलोपटक मानव सहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको थियो ।
यो अभियान अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) र अमेरिकी धनाढ्य एलन मस्कले स्थापना गरेको निजी कम्पनी स्पेसएक्सद्वारा संयुक्त रुपमा संचालन गरिएको थियो । पछिल्लो उपलब्धिले अमेरिकाले अहिले पनि सुरक्षित रुपमा मानवलाई अन्तरिक्षमा पु¥याएर सुरक्षित रुपमा पृथ्वीमा अवतरण गराउने क्षमता रहेको देखाएको छ ।
स्पेसएक्समा यात्रारत दुई अन्तरिक्ष यात्री फ्लोरिडा नजिकको समुद्री क्षेत्रमा प्यारासुट मार्फत अवतरण गरेका थिए । अमेरिकाले सन् १९७५ मा अपोलो–सोयुज मिसन पश्चात् पहिलो पटक समुद्री इलाकामा अन्तरिक्ष यात्रीलाई ओरालेको हो । यस मिसनमा कमान्डर बब बेनकिन र डघ हर्ली सहभागी रहेका थिए ।
अन्तरिक्ष अभियान सफल भएकामा नासाका वैज्ञानिकहरुले सन्तोष व्यक्त गरेका छन् । लागत बढेको भन्दै अमेरिकाले केही वर्षदेखि मानव अन्तरिक्ष अभियान स्थगित गरेको थियो । दुई महिनाअघि अन्तरिक्ष यान प्रक्षेपणको अवलोकन गर्न फ्लोरिडा पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अभियान सफल र सुरक्षित रुपमा सम्पन्न भएकामा बधाई दिएका छन् । सन् २०११ मा अन्तिम अन्तरिक्ष यान प्रक्षेपण गरेको अमेरिकाले अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउन रुसको सहायता लिन थालेको थियो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाली कारागारमा कैदीबन्दी मृत्यु प्रकरण : सई पक्राउ
-
प्रमुख तीन दलको बैठक स्थगित
-
मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविक : सांसद ढकाल
-
जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी