शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङको रेनिङ अफरः ग्यालेक्सी एस२० र एस२०प्लसमा २२ हजासम्म क्यासब्याक

सोमबार, १९ साउन २०७७, १४ : १४
सोमबार, १९ साउन २०७७

काठमाडौं । सामसङले ग्यालेक्सी एस२० र एस२०प्लसमा आकर्षक क्यास ब्याक अफर प्रस्तुत गरेको छ । 

अब, ग्यालेक्सी एस२०प्लसको खरिद गर्दा ग्राहकहरुले तत्काल रु २२,००० क्यास ब्याक प्राप्त गर्नेछन् । त्यसैगरी ग्यालेक्सी एस२०को हकमा भने रु.१९,००० को क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।  

यस अवसरमा ग्राहकहरुले अफर मूल्यअन्तर्गत ग्यालेक्सी एस२०प्लसको १,०४,९९९ र ग्यालेक्सी एस२०को ९४,९९९ मा खरिद गर्न सक्नेछन् । यस अघि ग्यालेक्सी एस२०प्लसको खरिद मूल्य नेरु. १,२६,९९९ तथा ग्यालेक्सी एस२०को खरिद मूल्य १,१३,९९९ रहेको थियो । 

यो योजना अगस्ट १, २०२० देखि सिमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । यी फोनमा ६४ मेगा पिक्सलको क्यामरा, दुबै फोनमा उच्चस्तरीय फोटो खिच्नको लागि  सेन्सर राखिएको छ । दुबै फोनमा ३०x सम्मको जुम रहेको छ । 

सिङ्गल टेकले अनिवार्य रुपमा यसमा भएका सबै लेन्सहरुको प्रयोग आफ्नो रियर क्यामरामा गर्दछ, यसमा विभिन्न फर्म्याटमा १० सेकेन्डसम्मको भिडियो खिच्न सकिन्छ । जसले गर्दा उत्कृष्ट स्टाइल छनौट गर्न सहज हुन्छ र पुनःखिच्न आवश्यक हुँदैन ।  

ग्यालेक्सी एस२० संसारको पहिलो त्यस्तो स्मार्टफोन हो जसबाट ८के भिडियो रेकडिङ्ग सकिन्छ । नयाँ क्यामराको संरचनाले ग्राहकलाई स्वतन्त्र रुपमा प्रभावशाली पार्टनरसिपको साथ, आफ्ना अनुभव सहज एवं उत्कृष्ट तरिकाबाट संसार सामू साट्ने सुविधा प्रदान गर्दछ । ग्यालेक्सी एस२०ले ८के क्वालिटीको फोटो खिच्न सकिन्छ ।

साथै यसबाट ८के क्वालिटिको भिडियो खिच्न सकिन्छ र जुन सामसङको क्यूएलइडी ८केमा सहजै स्ट्रिमिङ्ग गर्न सकिन्छ । एस२० कस्मिक ग्रे र क्लाउड ब्लु तथा एस२०प्लस विभिन्न तीन रंगहरु–कस्मिक ब्ल्ल्याक, कस्मिक ग्रे, क्लाउड ब्लुमा उपलब्ध रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप