शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरीमा डुबेर बृद्धाको मृत्यु

सोमबार, १९ साउन २०७७, १८ : २६
सोमबार, १९ साउन २०७७

रौतहट । रौतहटको फतुवा विजयपुरको एक पोखरीमा डुबेर बृद्दाको मृत्यु भएको छ। फतुवा बिजयपुर २ का सर्जु अघोरीको ७० वर्षीया श्रीमती अनियादेवीको वडा ५ सन्तपुर मठछेउमा रहेको पोखरीमा डुबेर मृत्यु भएको हो । 

मृतकको शव सोमबार बिहान पोखरीमा घोप्टो परेर तैरिरहेको अवस्थामा देखेर स्थानीयवासीले खबर गरेको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर चन्द्रकिशोर साहले बताए । अनियादेवीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको र घटनाबारे अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप