शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

सोमबार, १९ साउन २०७७, १९ : ४८
सोमबार, १९ साउन २०७७

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ ।  राष्ट्रपतिले राजधानी मनिलादेखि अन्य प्रान्तहरुसँग आवतजावतलाई पनि बन्द गर्न लागिएको जानकारी दिएका छन् ।

चिकित्सकहरुको टोलीले कोरोनाभाइरसको सङ्क्रमण तीब्ररूपमा फैलिनसक्ने चेतावनी दिएपछि उनले यस्तो निर्णय लिएका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ह्यारी रोक्युले सोमबार दिएको जानकारी अनुसार महानगरको प्रहरी प्रशासनले मंगलबारदेखि दुई हप्ताका लागि लकडाउन गर्नेछ ।

आर्थिक गतिविधि बन्द गर्न र अत्यावश्यक बाहेकका अन्य सबै  हिँडडुल तथा यात्रा गर्न पनि उनीहरुले प्रतिबन्ध लगाउने भएका छन् ।  लकडाउनका समय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा विषेश केही उद्योगका कर्मचारीलगायतलाई पनि हिड्न दिइने गृह मन्त्रालयका सचिव एडुर्डो एनोले जानकारी दिए ।

राष्ट्रपति रोड्रिगो डुटेर्टेले यसअघि यही जुन १ तारिखदेखि लकडाउन अन्त्य गरी आर्थिक लगायतका धेरै गतिविधिका लागि खुल्ला गरेका थिए । उनले लकडाउन घोषणा गरेपनि बैंक, स्वास्थ्य तथा खाद्य सामग्रीसम्वन्धी कर्मचारी, कृषि उत्पादन कार्यमा संलग्न मजदुरलगायतलाई घरदेखि कार्यालय र कार्यालयदेखि घरसम्म जान पाउने व्यवस्था गरिने बताए ।

कमदारहरूले मोटरसाईकल, साईकल, नीजि कारमा आवत जावत गर्न पाउने तर सार्वजनिक यातायातका साधन भने प्रयोग गर्न नपाउने अधिकारीहरुले जनाएका छन् ।   फिलिपिन्सका चिकित्सासम्वन्धी झण्डै एक सय संस्थाहरुले विद्युतीय माध्यममार्फत गरेको बैठकमा अधिकांशले लकडाउन जस्ता प्रतिवन्धात्मक व्यवस्था तत्काल लागु गर्नुपर्नेमा जोड दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप