अयोध्यामा राममन्दिर निर्माण हुँदै, नेपालमा उत्सव मनाउन आग्रह

काठमाडौं । भारतको अयोध्यामा बुधबार राम मन्दिर निर्माण कार्यको शुभारम्भ हुने भएको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विशिष्ट अतिथिहरुको सहभागितामा राम मन्दिर निर्माण सुरु गर्न लागिएको हो । ९ महिनाअघि भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर निर्माण गर्न दिइने फैसला सुनाएको थियो ।
त्यसअघि बाबरी मस्जिद र राम मन्दिर निर्माणका लागि आ–आफ्नो माग दाबी गर्दै ७० वर्षसम्म अदालती लडाइँ चलेको थियो । अदालतले विवादित भूमिमा राम मन्दिर निर्माण गर्न दिइने र मुस्लिमहरुका लागि अयोध्यामै अलग ५ एकड जमिन उपलब्ध गराउने फैसला गरेको थियो । यस फैसलापछि भगवान् रामको जन्मभूमिमा राम मन्दिर निर्माण गर्न लागिएको हो ।
राम मन्दिर निर्माणको शुभारम्भ हुने दिनलाई विश्व हिन्दू परिषद् नेपालले पनि उत्सवका रुपमा मनाउने निर्णय गरेको छ । परिषद्ले कोरोना महामारीको प्रकोपलाई ध्यानमा राख्दै स्थानीय स्तरमा उत्सव मनाउन सनातनी हिन्दू धर्मालम्बीलाई आग्रह गरेको हो ।
विज्ञप्तिको पूर्णपाठ:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ : रमेश रिजाल
-
मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा
-
पाँचौँ पटक सगरमाथा आरोहण गरेर फर्किइन् पूर्णिमा
-
विकास माग्दै मुगुका राजनीतिक दलले बुझाए नेता ज्ञवालीलाई ज्ञापन पत्र
-
लेखा समितिका तीन एजेन्डाले देखाएको गन्जागोल
-
हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूको प्रवेशमा ट्रम्प प्रशासनले लगायो प्रतिबन्ध