शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लगानी बोर्डमा सुशील भट्टको नियुक्तिका विषयमा ओली र प्रचण्डबीच चर्काचर्की

मङ्गलबार, २० साउन २०७७, १९ : २४
मङ्गलबार, २० साउन २०७७

काठमाडौं । पार्टी विवाद समाधान गर्न बसेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आज तेस्रो दिनको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ ।  करिब सवा घण्टा भएको वार्तामा दुवै पक्षले आ–आफ्नै अडान राखेका कारण वार्ता निश्कर्षमा पुग्न नसकेको हो । ‘ओली स्थायी कमिटी बैठक राख्न तयार भएनन्, हामीले स्थायी कमिटी बैठकबाट समाधान खोजौँ भन्ने अडान छाडेनौ’, बैठकमा सहभागी एक नेताले भने, ‘त्यही भएर वार्ता सकारात्मक र सहमति हुन सकेन ।’ 

वार्ता सहमतितर्फ  नगएपछि बुधबार पुनः बस्ने गरी नेताहरु उठेका थिए ।  सहभागी अर्का एक नेताकाअनुसार सरकारले लगानी बोर्डमा सुशील भट्टलाई नियुक्ति गरेकोमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले आपत्ति जनाएका थिए ।  

विवादित व्यक्तिलाई नियुक्ति दिएको भन्दै प्रचण्ड र खनालले आपत्ति जनाएपछि केहीबेर चर्काचर्की नै भएको थियो । प्रचण्ड र खनालले आपत्ति जनाएपछि ओलीले अबदेखि कुनैपनि नियुक्ति गर्दा पार्टीको निर्णय र परामर्शमा मात्रै गर्ने जवाफ दिएका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप