शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर ५ : कांग्रेस संसदीय दलको नेतामा कनौडिया

मङ्गलबार, २० साउन २०७७, २० : ४१
मङ्गलबार, २० साउन २०७७

बुटवल । प्रदेश नम्बर ५ को प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन भएका छन् ।

पार्टी संसदीय दलको मंगलबार बुटवलमा बसेको बैठकले कपिलवस्तु–३ (२) बाट निर्वाचत कनौडियालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

कनौडियालाई नेता चयन गर्न पार्टी संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र लेखा समितिका सभापति समेत रहेका सांसद डिल्ली चौधरीले समर्थन गरेको कांग्रेस सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन् ।

 गत माघ ८ गते संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएपछि कनौडिया कार्यवाहक नेता बनेका थिए । 
लामो समय पार्टीको संसदीय दलको नेता चयन नहुँदा प्रदेश ५ को प्रदेशसभा नेपाली काग्रेसको भूमिका कमजोर भएको भन्दै टिकाटिप्पणी हुन थालेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप