बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानले सार्वजनिक गर्‍यो कश्मीरसहितको भूभाग समेटेर नयाँ राजनीतिक नक्सा

मङ्गलबार, २० साउन २०७७, २२ : ०४
मङ्गलबार, २० साउन २०७७

पाकिस्तानको संघीय मन्त्रिपरिषद्ले देशको नयाँ राजनीतिक नक्सा जारी गरेको छ । जसमा भारतको अधीनमा रहेको  कश्मीर समेत समावेश गरिएको छ । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा मंगलबार बसेको बैठकले नयाँ राजनीतिक नक्सालाई स्वीकृति प्रदान गरेको पाकिस्तानी सञ्चारमाध्यम द न्यूजले जनाएको छ । बैठकमा खानले मुस्लिम बहुल क्षेत्रको पछिल्लो स्थितिका बारेमा समेत जानकारी गराएका थिए । 

क्याबिनेटबाट नक्सा पारित भएपछि देशबासीका नाममा एक टेलिभिजन सम्बोधन गर्दै प्रधानमन्त्री खानले भने, ‘आज इतिहासको सबैभन्दा महत्वपूर्ण दिन हो ।  हामीले पाकिस्तानको नयाँ राजनीतिक नक्सा विश्वसामु प्रस्तुत गरेका छौं ।’

उनले अगाडि भने, ‘मन्त्रिपरिषद्ले नयाँ नक्सालाई स्वीकृति दिएको छ । कश्मीरी र राष्ट्रिय नेतृत्वबाट पनि यसमा समर्थन प्राप्त गरेको छ । नयाँ नक्शा अब स्कूल र कलेजमा पनि प्रयोग हुनेछ ।

उनले अवैध रुपमा भारतले कश्मीर आफ्नो नक्सामा समेटेको समेत दावी गरे । 

यसैबीच भारतीय सञ्चारमाध्यम दैनिक भास्करले पाकिस्तानले फेरि एकपटक भारतलाई आक्रोशित पार्ने हर्कत गरेको टिप्पणी गरेको छ । समाचारमा पाकिस्तानले जम्मू कश्मीरको केन्द्र शासित प्रदेश र लद्दाख पाकिस्तानको हिस्सा देखाएर नयाँ नक्सा जारी गरिएको भन्दै पाकिस्तानले यो कदम ५ अगस्टको एक दिन पहिले उठाएको उल्लेख गरेको छ ।

अघिल्लो वर्ष ५ अगस्टमा जुम्बु कश्मीरको सन्दर्भमा भारतले अनुच्छेद ३७० हटाएको थियो । भारत सरकारले पाकिस्तानको यस नयाँ नक्सालाई अस्वीकार गर्दै यसको कुनै कानूनी वैधता र अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता नरहेको प्रतिक्रिया दिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप