शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले बोलाए पनि प्रचण्ड गएनन् बालुवाटार

मङ्गलबार, २० साउन २०७७, २२ : १९
मङ्गलबार, २० साउन २०७७

काठमाडौँ । देशभरि कोरोनाको महामारी फैलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा आर्थिक क्षेत्रका विज्ञहरुसँग आज आफ्नो सरकारी निवासमा छलफल गरे ।

त्यसमा राजनीतिक दलको तर्फबाट प्रतिपक्षी दलका नेताहरु नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको पनि उपस्थिति थियोे । तर, सरकारको नेतृत्व गरेका दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट त्यहाँ कोही देखिएका थिएनन् ।

पार्टी तथा त्यस क्षेत्रसँग सम्बन्धीत विज्ञहरुसँग सल्लाह गर्ने प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरुलाई नबोलाएको होला र ? धेरैको मनमा आज दिनभरि यही जिज्ञासा चलिरह्यो । तर त्यस्तो होइन, प्रधानमन्त्री अ‍ोलीले आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि छलफलका लागि बोलाएका थिए ।

तर, उनी आफ्नो कार्य व्यवस्तता कारण उनी त्यहाँ उपस्थित भएन । बालुवाटार स्रोत भन्छ, ‘नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको प्रतिक्षा पनि भएको थियो, उहाँ आउनुहुन्छ भनि एकछिन ‘वेट’ पनि गरिएको थियो । तर उहाँ नआउने भएपछि बैठक शुरु भएको हो । प्रचण्ड आउनुहुन्छ भनेर उहाँका लागि छुट्टै कुर्सी राखेको थियो तर उहाँ नआएपछि अन्तिम समयसम्म त्यो कुर्सी खाली नै थियो ।’

पार्टीको आन्तरिक विवादलाई लिएर दुईजना अध्यक्षको बीचमा द्धन्द चलिरहेको छ । करिब एक महिनदेखि दुईजना अध्यक्षको बीचमा पार्टीको विवाद समाधान बाहेक अन्य विषयमा कुरा हुन छाडेको छ । त्यसअघि उनीहरुको बीचमा सरकार सञ्चालनको विषयमा पनि छलफल हुन्थ्यो । 

बालुवाटारमा हुने अन्य समसामयीक विषयहरुको छलफलमा अध्यक्ष प्रचण्डको पनि सहभागिता हुन्थ्यो । तर, असार १० गतेदेखि शुरु भएको स्थायी कमिटीबाट उत्पन्न भएको विवादका कारण उनीहरुको बीचमा पार्टीबाहेक अन्य विषयमा छलफल नै हुँदैन ।

पहिला अध्यक्ष प्रचण्डलाई आवश्यक परेको बेला प्रधानमन्त्री ओलीलाई नसोधिकन सिधै बालुवाटार पुग्थे र आवश्यक छलफल गर्थे । तर अहिले प्रधानमन्त्री अ‍ोलीले नबोलाएसम्म, समय नदिएसम्म बालुवाटार जाँदैनन् प्रचण्ड ।

पछिल्लो समय दुईजना बीचमा यस्तो मनमुटाव भएको छ कि आज प्रधानमन्त्री ओलीले त्यस्तो महत्वपूर्ण विषयमा छलफलका लागि बोलाउँदा पनि उनी गएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप