शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा फुटाउने कार्य जनतालाई स्वीकार्य हुँदैनः प्रमुख सचेतक गुरुङ

मङ्गलबार, २० साउन २०७७, २३ : ००
मङ्गलबार, २० साउन २०७७

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले ठूलो मेहनत र बलीदानबाट एकतामा रुपान्तरण भएको गौरवशाली पार्टी टुटफुट नहुने दाबी गरेका छन् । लमजुङस्थित मस्याङ्दी गाउँपालिकामा नेकपा गाउँपालिका कमिटिले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले पार्टी फुटाउने कार्य जनतालाई अस्वीकार्य भएको बताए । 
 
आन्तरिक विवाद समान्य वैचारिक ध्रुवीकरण मात्र भएको उल्लेख गर्दै उनले पार्टी नेतृत्वले उचित निर्णय गरेर पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाउन विश्वास व्यक्त गरे । नेकपामा आन्तरिक विवाद भइरहेमा बाहिरी शक्तिले चलखेल गर्नसक्ने र देशको विकासमा समेत धक्का पुग्ने उनले बताए । नेकपाले एकताबद्ध भएर अघि बढेमा मात्र जनताले चाहेको जस्तो विकास गर्दै मुलुकलाई अघि बढाउन सकिने सचेतक गुरुङको भनाइ थियो ।

सचेतक गुरुङले मस्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीमा गएको बाढीपहिरो प्रभावित क्षेत्रको समेत निरीक्षण गरेका छन् । यही साउन ७ र ८ गते गएको बाढीले प्रभावित गाउँ तथा पहिरोको स्थलगत निरीक्षण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप