अनैतिक क्रियाकलापमा संलग्न एक जोडी प्रहरीको नियन्त्रणमा
रौतहट । प्रहरीले अनैतिक कार्य गर्दै गरेको अवस्थामा एक जोडीलाई पक्राउ गरेको छ । रंगेहात पक्राउ पर्नेमा स्थानीय यमुनामाई गाउँपािलका वार्ड नम्बर ५ का श्यामबाबु राय यादव र एकजना महिला रहेकी छिन् । यमुनामाई गापाको कार्यालय छेउ सरुअठा चौकमा गएराति एक छाप्रोमा अनैतिक क्रियाकलाप गर्दागर्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । सो घटनामा अन्य तीन जना पनि सहभागी रहेको प्रहरीको भनाई छ ।
चन्द्रपुरबाट ४ जनाले एक महिलालाई पाँच सय रुपैयाँ दिएर प्रलोभनमा पारी सो कार्य गरेको जनाइएको छ । यादव पक्राउ परेपछि उनीसंगै रहेका अन्य ३ जना भाग्न सफल भएका थिए । सरुअठा प्रहरी चौकी बडहर्वाबाट गएको गस्ती टोलीले यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका जोडी जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि रविराज खड्काले घटनाबारे आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएका छन् । साथै फरार अन्य ३ जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगर : ४ वडाका ९२२ जना महिलाको क्यान्सर परीक्षण सम्पन्न
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित