बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बिपनामै आउँछ सपना

बुधबार, २१ साउन २०७७, ११ : २३
बुधबार, २१ साउन २०७७

बिपनामै हुन्छ सपना
लक्ष्य, विचार र सङ्कल्प
शिल्प, सौन्दर्य र विद्रुप
पसिना र रक्तमयली
बिपनामा खुल्छ ।

अतिरञ्जित, विसर्जन र ढुलमुल गरे
आदर्श मरेर जान्छ
अवसरवाद र शून्यवाद
विचारमा दरिद्र भएरै हुन्छ ।

विचार छाडे के हुँदैन ?
दरबार बन्छ, घरबार बन्छ ।
तर दूरी बढ्छ जनताको ।
आफ्नो ग्याङमा हाई हाई
जनताले बाई बाई भन्छ ।

अड्डा अदालत आफ्नै हुन्छ
फौज फकड आफ्नै
श्रीमतीकै ज्यानमारे पनि
जेलजानु पर्दैन, नेलजानु पर्दैन ।

ग्याङ बचाऊ, 
माफिया बचाऊ
नाता बचाऊ, गोता बचाऊ
बलात्कार गरे नि बचाउ हुन्छ ।
                                                            
बिपनामै आउँछ सपना
बिपनामै हुन्छ सपना
लक्ष्य, विचार र सङ्कल्प
शिल्प, सौन्दर्य र विद्रुप
पसिना र रक्तमञ्जिल
बिपनामै हुन्छ ।

अतिरञ्जित, विसर्जन 
र, ढुलमुल विचारमा
आदर्श मरेर जान्छ
अवसरवाद र शून्यवाद
विचारमा दरिद्र भएरै हुन्छ ।

विचार छाडे के हुँदैन ?
दरबार बन्छ, घरबार बन्छ ।
 तर दूरी बढ्छ, जनताको
 माया ममतामा 
 आफ्नो ग्याङमा हाई हाई
जनताले बाई बाई भन्छ ।

अड्डा अदालत आफ्नै हुन्छ
फौज फकड आफ्नै
श्रीमतीकै ज्यानमारे पनि
जेलजानु पर्दैन, नेलजानु पर्दैन ।

ग्याङ बचाऊ, 
माफिया बचाऊ
नाता बचाऊ, गोता बचाऊ
बलात्कार गरे नि बचाउ हुन्छ ।
                         
निर्मला पन्त बलात्कार
र, हत्या विधिको शासन हो ?
या निधिको ? या निगमको ?
कुमार पौडेल हत्या वा
पिञ्जडामा भएकी गृहिणी
वा चेपाङको हत्या 
सेवेदनहीन हो ? वा विधिको हो ?
नवराज विक समेतको हत्या
बर्बर हो वा सभ्य ?
दण्डहीनता वा असफलता ?

वाइडबडी कमिसन, 
ढाकछोप गर्ने सरकार कि 
जनता ?
एनसेल लाभकरमा गठजोड
नेतामा कि माओवादीमा ?
जनमुक्ति सेनाको कमिसन
कस्को गोजीमा ?
बालुवाटारमा कि खुमलटारमा ? 
के थियो सपना ?
 अहिले भत्केको हो कि ? मक्किएको ?
                           
जेलमा जाऊ महोदय
साना माछा छन् कि ठूला ?
के कानुन हराएको छ देशमा ? 
खैत ? ठूला माछा जेलमा ?
कानुन् सरकारमा, न्याय सरकारमा ।
फासीवाद कि लोकतन्त्र ? 
अदालतबाट छुटेपछि 
जिल्ला जिल्ला घुमाउने
जेल भ्रमण या दिग्दर्शन ? 

विचार भए पो हुन्छ
विचार बिना सपना
शिशाजस्तै घज्याम्घुजुम हुन्छ
केवल सत्ता त भागबण्डा मात्र हुन्छ
 अनि कसरी समृद्ध नेपाल बन्छ ? 
खुसी नेपाली बन्छन् ?
                       
नक्सा बनाएर मात्र हुन्छ ?
लुटेको भूमि फिर्ता ल्याउनुपर्छ ।
एमसीसी पास गरे 
राष्ट्रियताको पर्दाफास हुन्छ
केवल भद्दा नाटक हुन्छ ।                
बिपनामै फल्छ सपना
सपना त सोचाइ अनि भोगाइ हो
मार्गदर्शन हो सपना
आदर्शको पुञ्ज सपना ।                    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

झपेन्द्रराज वैद्य
झपेन्द्रराज वैद्य
लेखकबाट थप