शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य संघका अध्यक्षको घर भत्काएकोमा नेता खाँणको आपत्ति

बुधबार, २१ साउन २०७७, १५ : ०५
बुधबार, २१ साउन २०७७

रुपन्देही । बुटवलमा आज बिहान सडक मिचेर बनाएका घरहरुमा डोजर लगाएर भत्काएको घटनाप्रति नेपाली काँग्रेस नेता बालकृष्ण खाँणले आपत्ति जनाएका छन् । बुटवल उपमहानगरपालिकाको वडा नं ९ र ११ मा पर्ने कालिकापथ विस्तारका क्रममा आज बिहान बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका खिमबहादुर हमालको घर भत्काएको विषयप्रति नेता खाँणले आपत्ति जनाएका हुन् ।  

उक्त घरको विषयमा अदालतमा मुद्धा विचारधीन रहेको भन्दै उनले भत्काएको घटनाप्रति गम्भीर ध्यानआर्कषण भएको जनाएका छन् । आज बिहान बुटवलमा उक्त घरसहित १३ वटा घर डोजर लगाएका नरपालिकाले  भत्काएको थियो ।

नेता खाँणले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दे हमालले २०४६ सालमा नक्सा पास गरेर उक्त घर बनाएको र हालमसम्म बुटवल उपमहानगरपालिकालाई  भूमी कर र सम्पत्ति कर समेत निरन्तर तिर्दै आएकोले घर भत्काउनु गलत काम भएको बताएका छन् ।  तर नेता खाँणले जारी गरेको विज्ञप्तीमा अन्य घरको विषयमा भने केही उल्लेख गरेका छैनन् ।

बुटवल उपमहानगरपालिकाले कालिकापथलाई वैकल्पिक सडकको रुपमा विस्तार गर्ने योजनाअनुरुप अटेर गर्ने घरहरु भत्काएको हो ।कालिकापथलाई ८२ फुटको बनाउने क्रममा सडकको क्षेत्राधिकार ओगटेर बनेका संरचना हटाउन  घरधनीलाई आग्रह गरेपनि अटेर गरेपछि प्रहरीको सुरक्षा घेरा बनाएर डोजर चलाइएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । 

पूरानो बसपार्कदेखि भित्री सडक योगीकुटीसम्मको कालिका पथ भनिने यो सडकलाई विस्तार गरी २५ मिटर फराकिलो बनाइने छ । यो सडक विस्तारको कामका लागि प्रदेश ५ सरकारले बजेट व्यवस्था गर्नेछ। 
२०५४ सालमै यो सडकलाई ८२ फुट (२५ मिटर) कायम गरी विस्तारको योजना बनाइएको नगरपालिकाको दावी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप