शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरधाम उपमहानगरपालिकाका २ कर्मचारीसहित ४ जनामा कोरोना संक्रमण

बुधबार, २१ साउन २०७७, १८ : ०४
बुधबार, २१ साउन २०७७

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका २ कर्मचारीसहित ४ जनाको कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको छ । प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणपछि उनीहरुको रिजल्ट पोजेटिभ  आएको जनकपुरधाम उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश रायले बताए । ४ जनामध्ये  २ जना नगरप्रमुखका परिवारका सदस्य हुन् ।

संक्रमितहरु जनकपुरधाम उपमहानगर अन्तर्गतको पर्यटन शाखा र प्रशासन शाखामा कार्यरत २४ तथा ४४ वर्षीय कार्यालय सहयोगी रहेको उनले बताए । उपमहानगरमा कार्यरत दुवैजना कर्मचारी संक्रमित भएपछि सबै कर्मचारीको स्वाब संकलन गरि तत्काल पीसीआर परीक्षण हुने रायले जानकारी दिए ।

त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहका छोरी र ज्वाईमा समेत कोरोना  रिपोर्ट पोजेटिभ आएको उपमहानगरले जनाएको छ ।सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ को तथ्याँकअनुसार धनुषामा ६ हजार ४ सय ६९ जनाको पीसीआर परीक्षण गरिएकोमा ७ सय ४१ जना कोरोना संक्रमित भएका छन् भने अहिलेसम्म १ जनाको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप