
प्रदेश नम्बर २ का मन्त्री र प्रदेश सभा सदस्यमा कोरोना संक्रमण पुष्टि

प्रदेश नम्बर २ का एकजना मन्त्री र एक जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना सक्रमण पुष्टि भएको हो । बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । गत साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको उनले बताए । साथै, उनले आफूमा संक्रमण पुष्टि भएपनि डराउन पर्ने आवश्यकता नरहेको बताए । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गराउन सबैसँग अपिल गरेका छन्।
उनी अहिले मन्त्रालयको निवासमै क्वारेन्टिनमा बसेका छन् ।
त्यस्तै जसपाका प्रदेश सभाकी सदस्यमा पनि बुधवार बेलुका रिपोर्ट आएसँँग कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।
प्रदेश नम्बर २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाको कारण २१ जनाको ज्यान गइसकेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
किरण कुमार कर्ण
कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।
तपाईको ईमेल गोप्य राखिनेछ