मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा राष्ट्रिय परिचयपत्रको तथ्याङ्क सङ्कलन शुरु

बिहीबार, २२ साउन २०७७, १५ : ०४
बिहीबार, २२ साउन २०७७

रुपन्देही । रुपन्देहीमा आजदेखि राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलन शुरु गरिएको छ । तथ्याङ्क सङ्कलनका लागि नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिले आवश्यक विवरण भरेर आवेदन दिनसक्ने प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमार्फत सरकारले आगामी चार वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरेको थियो । 

जनतालाई प्रदान गर्ने सेवासुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधानसहितको प्रणालीको विकास गर्ने, जैविक पहिचानसहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिको विवरण राष्ट्रिय तथ्याङ्क भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचयपत्रको उद्देश्य रहेको प्रजिअ पन्थले बताए । आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय परिचयपत्रका लागि एक करोड तथ्याङ्क सङ्कलन गर्ने सरकारको लक्ष्य रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप