शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरा विश्वविद्यालयका विद्यार्थीले चढाए ओली र पोखरेलको फोटोमा फूल

बिहीबार, २२ साउन २०७७, १५ : ३८
बिहीबार, २२ साउन २०७७

पोखरा । एघार महिनादेखि पोखरा विश्वविद्यालय नेतृत्व विहिन छ । लामो समयदेखि रिक्त पदपूर्तिको माग राख्दै नेविसंघका विद्यार्थीले रिले अनसन पनि थालेका छन् ।

रिले अनसनको १५ दिन पुगि सक्दा पनि आफ्ना माग पूरा नभएको भन्दै नेविसंघका विद्यार्थी कार्यकर्ताले प्रधानमन्त्री केपी ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको फोटोमा पुष्प अर्पण गरेका छन् । नेविसंघले व्यङ्ग्यात्मक विरोध स्वरुप उपकुलपति र सहकुलपतिको फोटोमा पुष्पार्पण गरेको हो । 

नेविसंघका कास्की सहसचिव राजीव भण्डारीले आफ्ना मागको बेवास्ता गरेको भन्दै व्यङ्ग्यात्मक विरोध स्वरूप उपकुलपति र सहकुलपतिको फोटोमा पुष्पार्पण गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप