शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा आइसोलेसन भरिएपछि संक्रमितलाई घरमा नै बस्न सुझाव

बिहीबार, २२ साउन २०७७, १५ : ४३
बिहीबार, २२ साउन २०७७

कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गर्दा पोखरामा आइसोलेसन वार्ड भरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पतालमा आइसोलेसनको लागि बनाइएको ४० बेड भरिएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताएका छन् । आचार्यका अनुसार अहिलेको अवस्थामा थप संक्रमितलाई अस्पतालमा राख्ने अवस्था छैन । 

प्रदेश सरकारले कोरोना तयारीको ठुलाठुला हल्ला गरे पनि त्यसको तयारी भने गरेको देखिँदैन । आइसोलेसन त भरिएछ थप संक्रमितको उपचारका लागि के व्यवस्था छ भन्ने प्रश्नमा जिल्ला जनस्वास्थ्य कार्यालयका निर्देशक बाबुराम आचार्य भन्छन्, ‘गण्डकी अस्पतालको आइसोलेसन भरिएको छ । निको भएका विरामीलाई घर फर्काएर दुईचार सिट म्यानेज गर्ने सोचेका छौँ । अर्को कुरा होम आइसोलेसन कार्यविधि पनि बनेको छ । होम आइसोलेसनमा बस्न सक्नेहरुलाई हामीले होम आइसोलेसनमा नै बस्न सुझाव दिएका छौँ । कास्की कै लेखनाथमा रहेको लेखनाथ लायन्स अस्पताललाई पनि कोरोना विशेष अस्पतालको रुपमा काम भइरहेको छ । केही दिनमा त्यसको काम पुरा भएपछि संचालनमा ल्याउने तयारी भइरहेको छ । ’

प्रदेश सरकारले लेखनाथमा बनाउने भनेको कोरोना तयारी सकिन लाग्यो भनेको पनि करिव चार महिना पुगिसकेको छ । प्रदेश सरकारले सरकारी अस्पतालका आइसोलेसनहरु भरिएको खण्डमा राख्ने भनेर प्रचार गरिएको निजि अस्पतालमा कुनै पनि संक्रमितको उपचार भएको छैन । बरु ती अस्पतालमा आएका कोरोनाको शंकास्पद बिरामीलाई पनि गण्डकी अस्पतालले नै हेर्नुपरेको छ । 

विगत केही दिनदेखि गण्डकी प्रदेशमा ट्राभल हिस्ट्री नभएका संक्रमितहरुको संख्या बढ्दा टाउको दुखाइको विषय बनेको छ । गण्डकी प्रदेशका जिल्लाहरुमा जिल्ला अस्पताल बाहेकका अन्य आइसोलेसनको मापदण्ड पुरा नभएको कुरा विज्ञहरुले बताउँदै आएका छन् । 

दिनदिनै बढ्दै गएको संक्रमित संख्याले भयभह स्थिति नआउला भन्न सकिँदैन । अझै पनि प्रदेश सरकार र गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जिम्मेवार नबन्ने हो भने अवस्था झन जटिल बनेर जाने सरोकारवालाहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप