तामाकोशी नदीमा एक्कासि बहाव बढेपछि बज्यो साइरन
बिहीबार, २२ साउन २०७७, २२ : ३९
काठमाडौं । तामाकोसी नदीको बहाव एक्कासि बढेपछि नदी क्षेत्र आसपास त्रास बढेको छ । बिहीबार साँझदेखि दोलखाको उत्तरी क्षेत्र गौरीशंकर, खारे लगायतका स्थानमा भारी वर्षापछि तामाकोशीमा पानीको सतह ह्वात्तै बढेको हो । अत्याधिक वर्षापछि सो क्षेत्रका सिप्रिङ खोला, सिंगटी खोला लगायतका सहायक खोलाहरुमा समेत बहाव बढेको छ ।
तामाकोशी जलविद्युत आयोजनाका अधिकारीहरुलाई उदृत गर्दै स्थानीय सञ्चारकर्मीहरुले जनाएअनुसार तामाकोशीको बहाव सतर्क तहभन्दा माथि पुग्दा बज्ने जगत पुलमा राखिएको साइरन बजेको छ । स्थानीय अधिकारीहरुले तामाकोशी नदी आसपासका सर्वसाधारलाई सचेत र सुरक्षित रहन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय