बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान, चट्याङ्गसहित वर्षाको सम्भावना

शुक्रबार, २३ साउन २०७७, ०७ : ४७
शुक्रबार, २३ साउन २०७७

जल तथा मौसम विज्ञान विभागले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । 

मौसम विज्ञान विभागका देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशमा एक वा दुई स्थानहरूमा हल्का बर्षा भइरहेको छ।

मौसम विज्ञान विभागले दिउँसो देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । 

यसैगरी, राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप