शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘भिलेन’को भूमिकामा समेत लोकप्रिय भएका बलिउडका ५ अभिनेत्री

शुक्रबार, २३ साउन २०७७, ०९ : ३६
शुक्रबार, २३ साउन २०७७

एजेन्सी – बलिउडका थुप्रै अभिनेत्रीहरुले आफ्नो सुन्दरता र प्रखर अभिनयका कारण लोकप्रियता कमाइरहेका छन् । तर, केही यस्ता चर्चित अभिनेत्रीहरु छन् जसले नकारात्म भूमिका निभाएर पनि धेरैको मन जित्न सफल भएका छन् । फिल्ममा सकारात्मक भूमिकाका सँगसँगै चर्चा पनि उत्तिकै बटुलेका केही अभिनेत्री छन् जसले नकारान्मक भूमिकामा समेत लोकप्रियता कमाए । 

१. काजोल
काजोलले फिल्म ‘गुप्त’ मा नकारात्मक भूमिका निभाएकी छिन् । उनले उक्त फिल्ममा निभाएको नकारात्मक भूमिकाले धेरैलाई हैरान बनायो । प्रशंसकले उनको उक्त नकारात्मक भूमिकालाई समेत निकै रुचाए । फिल्ममा काजलसँगसँगै बबी देओल र मनिषा कोइरालाले समेत मुख्य भूमिका निभाएका थिए । 

२. उर्मिला मातोन्डकर 
निर्देशक रजत मुखर्जीको फिल्म ‘प्यार तूने क्या किया’ मा अभिनेत्री उर्मिला मातोन्डकरले ‘रिया’ नामकी युवतीको भूमिका निभाएका थिए । उक्त फिल्मका पात्रहरुको निकै प्रशंसा भएको थियो । साथै, फिल्म समिक्षकहरुले पनि उनको भूमिकालाई निकै प्रशंसा गरेका थिए । 

३. रेखा 
बलिउडकी सदाबहार अभिनेत्री रेखाले नकारात्मक भूमिका निभाएर पनि करोडौं दर्शकलाई लोभ्याउन सफल भइन् । अक्षय कुमार र रवीना टन्डनसँग फिल्म ‘खिलाडियोका खिलाडी’ मा रेखाले ‘म्याडम माया’ को नकारात्मक भूमिका निभाएकी थिइन् । उक्त भूमिकाका लागि रेखालाई ‘बेस्ट भिलेन’को अवार्ड मिलेको  थियो । 

४. अरुणा ईरानी
अभिनेत्री अरुणा ईरानीले अनिल कपूर र माधुरी दिक्षितले फिल्म ‘बेटा’ मा नकारात्मक भूमिका निभाएकी थिइन् । उनले उक्त फिल्ममा यस्तो भूमिका निभाइन् कि मानिसहरु उनलाई घृणा नै गर्न सुरु गरे । उनको सौतेनी आमाको भूमिका निकै लोकप्रिय भयो । 

५. प्रियंका चोपडा
अक्षय कुमार, प्रियंका चोपडा र करीना कपूरको फिल्म ‘ऐतराज’ लाई दर्शकले निकै रुचाए । फिल्ममा उनले ‘सोनिया’ को भूमिका निभाएकी थिइन् । उनको नकारात्मक भूमिकालाई दर्शकले यति मन पराए कि उनलाई सन् २००४ को ‘बेस्ट भिलेन’ को अवार्ड मिलेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप