फ्यानको डिमान्डमा रिलिज भयो ‘दिल बेचारा’का मसखरी गीत
मुम्बई । फिल्म ‘दिल बेचारा’ को गीति एल्बम यतिबेला भारतीय म्युजिक उद्योगमा आकर्षणको केन्द्र बनेको छ । मुकेश छाबडाको निर्देशन रहेको फिल्मको संगीतले लोकप्रियताको नयाँ उचाई समेत बनाएको छ । डिज्नी हटस्टारमा रिलिज भएको यो फिल्म ओटीटी प्लेटफर्ममा सबैभन्दा बढी दर्शक पाउने फिल्म समेत बनेको छ ।
दर्शकले फिल्मको संगीतलाई धेरै माया दिइरहेका छन् । सोनी म्युजिक इन्डियाले दर्शकको अनुरोधमा फिल्मको एकअर्काे गीत ‘मसखरी’ समेत सार्वजनिक गरेको छ । सुनिधि चौहान र हृदय गट्टाणीको स्वर रहेको गीतमा हासोमजाकको अलवा जिन्दगीको हर समस्या समाधान गर्ने सुझाव समेत रहेको छ ।
सोनी म्युजिक इन्डियाका सीनियर निर्देशक सनुजित भुजबलले फिल्मका प्रसंशक, दर्शक तथा संगीकार ए आर रहमानका संगीतका फ्यानले गीत रिलिज गर्न अनुरोध गरेका बताए । ‘दर्शकको अनुरोधमा गीत रिलिज गरेर धेरै खुसी छौ’ उनले भने । गीतको शब्द अमिताभ भट्टचार्यले लेखेका हुन् ।
जोन ग्रीनको उपन्यास ‘द फल्ट इन और स्टार्स’ आधारित फिल्म ‘दिल बेचारा’ दुई आम मानिस किजी र मैनीको कथामा आधारित रहेको छ । जो घटना घटेपनि प्रेममा पर्दछन् । मुकेश छाबडा निर्देशिन फिल्ममा सुशांतसिंह राजपुत र संजना सांधी मुख्य भूमिकामा देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै