मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बीएण्डबी अस्पतालमा पनि पिसिआर परीक्षण सुरु, ५ घण्टामै रिपोर्ट दिइने

शुक्रबार, २३ साउन २०७७, १६ : ०२
शुक्रबार, २३ साउन २०७७

काठमाडौं । कोभिड–१९ रोग लागेको वा नलागेको भनेर गरिने आरटी पिसिआर परीक्षण अब बीएण्डबी अस्पतालमा पनि सुरु भएको छ । नेपाल सरकारबाट स्वीकृति लिएर साउन २३ गतेदेखि पिसिआर परीक्षण सुरु गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले दुर्घटना भई तत्कालै अप्रेशन वा उपचार गराउनुपर्ने बिरामी, प्रसुती सेवाका बिरामी, अन्य सबै प्रकारका सामान्य वा जटिल अप्रेसन गर्नुपर्ने बिरामी तथा लामो समय अस्पताललमा बसेर घर जानुपर्ने बिरामीका लागि यस्तो परीक्षण सुरु गरिएको अस्पतालले जनाएको छ ।

त्यसैगरी वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु, कुटनीतिक नियोगका कर्मचारीहरु तथा अन्य अस्पतालबाट रिफर भई आएका बिरामीहरुका लागि पनि पिसिआर परीक्षण गरिने अस्पतालले जनाएको छ ।

स्वाब संकलन गरिएको ५ घण्टामै रिपोर्ट दिने गरी सशुल्क पिसिआर परीक्षण सुरु गरिएको अस्पतालका प्रशासन प्रमुख प्रकाश भट्टराईले बताए । अस्पतालले अहिले नेपाल सरकारले तोकेको अधिकतम शुल्क अर्थात् ५ हजार ५ सय रुपैयाँ लिएर पिसिआर परीक्षण सुरु गरिएको भट्टराईले बताए ।

सुरुमा ५ हजार ५ सय शुल्क लिएर सुरु गरेको भएपनि अस्पतालमा हुने खर्च, परीक्षण गर्न आवश्यक उपकरण आदिको खर्च, कर्मचारीको खर्च आदि हेरी उक्त शुल्क घटाउनसमेत सकिने अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप