बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतको जेलमा ११ नेपाली, हत्यारादेखि तस्करीसम्म

शुक्रबार, २३ साउन २०७७, १७ : ५६
शुक्रबार, २३ साउन २०७७

लन्डन । बेलायतको जेलमा ११ जना नेपाली रहेको पाइएको छ ।  हत्याको आरोपदेखि तस्करी लगायतका विभिन्न अभियोगमा ११ जना नेपालीहरु बेलायतको जेलमा रहेका छन् । तीमध्ये ८ जना नेपालीहरु अध्यागमनसम्बन्धि मुद्दामा जेलमा रहेको नेपाली दूतावास लन्डनले जानकारी दिएको छ ।

अध्यागमनसम्बन्धि कानून विपरित नक्कली बिहे, नक्कली कागजपत्र लगायतका विभिन्न आरोपमा उनीहरुलाई डिटेन्सन सेन्टरमा राखिएको हो । बाँकी ३ जना नेपाली जघन्य अपराधको अभियोगमा जेलमा रहेको पाइएको छ । करिब ४० वर्षीय एक पुरुष हत्याको आरोपमा विगत एक वर्षदेखि जेलमा छन् । अर्का एक पुरुषलाई पनि मानव तस्करीमा संलग्न भएको अभियोगमा जेलमा राखिएको छ ।

यसघि जेलमा २१ नेपालीहरु रहेकोमा अहिले घटेर ११ पुगेको नेपाली दूतावासका प्रवक्ता शरदराज आरनले जानकारी बताए  । अध्यागमन कानून उलंघन गर्ने धेरैलाई इमिग्रेशन डिटेन्सन सेन्टरमा राखिएको र केहीलाई  नेपाल फिर्ता गरिएका कारण यो संख्या घटेको हो ।

बेलायतमा नेपालीहरु अध्यागमनबाहेक हत्या, बलात्कार, चोरी, लागू औषध कारोबार, गैर कानुनी काम र बसाइ (ओभर स्टे) मानव बेचबिखन, ठगीलगायतका  गम्भीर अपराधमा सामेल हुने गरेका छन् । जेलमा रहेकालाई दूतावासले आवश्यक सहयोग गर्दै आएपनि धेरैजसो सम्पर्कमा रहन  नचाहने  दूतावासको अनुभव छ । इमिग्रेशनसम्बन्धि सामान्य केसमा होम अफिसमा सम्पर्क गरी छिटो मुद्दा टुंगो लगाइदिन वा नेपाल फर्किने वातावरण बनाइदिन दूतावासले पहल गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप