बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरा विद्युतिय शवदाह गृह विवादमा उच्चले भन्यो : काम सुरु गर्नु

शुक्रबार, २३ साउन २०७७, १९ : २५
शुक्रबार, २३ साउन २०७७

पोखरा । उच्च अदालतल पोखराले पोखरा १० रामघाटमा विवादीत विद्युतिय शवदाह गृहको काम गर्न आदेश दिएको छ । यसअघि उच्चले अन्तरिम आदेश जारी गर्दै निर्माणका कुनै पनि काम अघि नबढाउन आदेश दिएको थियो । 

न्यायाधिशद्वय विनोद मोहन आचार्य र डालकुमार खड्काको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश निष्क््िरmय गर्दै काम अघि बढाउन निर्देशन दिएको हो । 

सहरि विकास मन्त्रालयको आयोजनामा बन्न लागेको विद्युतिय शवदाह गृहले प्रदुषण निम्त्याउने भन्दै स्थानीयले उच्च अदालत पोखरामा रिट दर्ता गराएका थिए । 

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ जनालाई विपक्षी बनाएर दर्ता गरिएको रिटको गएको १५ गते पेशी तोकिए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रतिनिधि नआएपछि पेशी सरेको थियो । 

उच्चले यस अघि जारी गरेको अन्तरिम आदेश खारेज गर्दै निर्माणको लागि बाटो खुलाएको छ । बौद्धअर्घौ सदनको पक्षमा बहस गरेका अधिवक्ता कृष्ण गुरुङका अन्ुसार विपक्षीले लिखित जवाफ पेश गरेपछि पेशी तोकिने उनले जानकारी दिए । 

बहसमा विपक्षीको बौद्धअघौं सदनको पक्षबाट कृष्ण गुरुङ, पोखरा महानगरको पक्षबाट कमल अर्याल र सरकारी वकिलले बहस गरेका थिए भने निवेदकको पक्षबाट सुरेन्द्र थापा मगर र तिलक पराजुलीले बहस गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप