केन्द्रीय संस्करण

सिपिएल खेल्न गएका सन्दिपको कोरोना रिपोर्ट नेगेटिभ

person explore access_timeसाउन २३, २०७७ chat_bubble_outline0

क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

सिपिएलका लागि टोबागो पुगेका सन्दिपको पिसिआर गरिएको थियो । उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सन्दिपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । 

सिपिएल खेल्न गत साता टोबागो पुगेका सन्दिप हाल १४ दिनको क्वारेन्टिनमा बस्नुभएको छ । उनीलगायत प्रतियोगिताका सबै खेलाडीलाई होटलमा क्वारेन्टिनका रुपमा राखिएको छ । प्रतियोगिता खेल्ने सबैको कोरोना परीक्षण अनिवार्य गराउनुपर्ने नियम भएकाले सन्दिपको पनि परीक्षण गरिएको हो । 

सिपिएल आगामी भदौ २ गतेदेखि शुरु हुनेछ । त्यसअघि पुनःसन्दिपको कोरोना परीक्षण गरिने शिवाकोटीले बताए । सिपिएल खेल्न सन्दिप कोरियन एयरको चार्टर्ड जहाजमार्फत गत साता दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै टोबागो पुग्नुभएको हो । नेपालबाट टोबागो जानुअघि पनि उनले पिसिआर परीक्षण गराउनुभएको थियो । त्यो बेला पनि नतिजा नेगेटिभ नै आएको थियो । 

सन्दिपलाई यसपटक सिपिएलका लागि ९० हजार अमेरिकी डलरमा जमैका तल्लावाहजले अनुबन्ध गरेको छ । उनले तेस्रोपटक सिपिएल खेल्दै छन् । यसअघि उहाँले सन् २०१८ र सन् २०१९ मा सिपिएल खेलेका थियो । यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपसँगै २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए ।   

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.