शनिबारको मौसम पूर्वानुमान, यी स्थानमा चट्याङ्गसहित वर्षा
जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आज मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ ।
मौसम विज्ञान विभागले प्रदेश नं २ मा र प्रदेश नं ५ का केहि भूभागहरुमा आंशिक बदली रहेको छ भने बांकी भूभागहरुमा समान्य देखि पूर्ण बदली रहेको र बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा बर्षा भइरहेको जनाएको छ ।
यसैगरी, दिउँसो देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै, प्रदेश १, बागमती प्रदेश,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै, राति देशका अधिकांश भू(भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
र, प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै–थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी