शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पलाई भेट्न किन अमेरिका जाँदैछन् इराकी प्रधानमन्त्री ?

शनिबार, २४ साउन २०७७, १४ : ३०
शनिबार, २४ साउन २०७७

इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका जाने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उनी अमेरिका जान लागेको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन् ।
 
राष्ट्रपति कार्यालय ह्वाईट हाउसले यही अगस्ट २० तारिखमा उनी अमेरिकाको वासिङ्टन आउने जनाएको छ । “राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीलाई ह्वाइट हाउसमा अगस्ट २०, २०२० मा स्वागत गर्नुहुनेछ,” ह्वाईट हाउसद्धारा शुक्रबार अबेर जारी वक्तव्यमा लेखिएको छ । 

वक्तव्यका अनुसार दुई देशबीचको सम्वन्ध संकटमा परिरहेका बेला उनीहरुका बीचमा भेटवार्ता हुन लागेको हो । उनीहरुका बीचमा इस्लामिक स्टेट (आइएस)का हिंसात्मक गतिविधिहरु नियन्त्रण गर्ने र कोरोनाभाइरसको नियन्त्रणमा सहकार्य गर्ने बारेमा छलफल हुने जनाइएको छ ।

हुन लागेको भेटवार्ताले वासिङ्टन र बग्दादबीचको दुई पक्षीय सम्वन्धलाई सकारात्मक र बलियो बनाउँदै सुरक्षा, उर्जा, स्वास्थ्य, अर्थतन्त्रलगायतका विषयमा सहयोग आदानप्रदान गर्ने विश्वास पनि व्यक्त गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप